
गायिका एलिना गुरुङले मच्चाईन धमका, अर्को कन्सर्ट २६ जुनमा
अल्डरसट । क्वोने (घोतानेघोण्डे) गुरुङ (तमु) समाज यूकेको निमण्त्रणामा हाल यूके भ्रमणमा रहेकी प्रथम नेपाल स्टार बिजेता गायिका एलिना गुरुङले अस्ति जुन ४ तारिख आइतबार अल्डरसट स्थित एम्पायर हलमा धमका मच्चाईन । गोर्खा कप पछिको “अफ्ठेर पार्टी”मा एलिनाले धमका मच्चाएका हुन । दिनभर गोर्खा कपमा ब्यस्त भई थाकेको भए पनि जब एलिनाले स्टेजमा गएर अहिलेको चर्चित गीत “डाँडा घरे साईली” गाए पछि युवा दर्शकहरु स्टेज अगाडी बेजोडले नाचे । लाग्थ्यो, दर्शकहरु थाकेकै छैन ।
सुरिलो तथा लो नोडको गीतहरु गाएर अरुलाई मन्त्रमुग्ध बनाउने एलिनाले जब अहिलेको चर्चित नेपाली तथा गुरुङहरु गीतहरु गाईन, युवा दर्शकहरु स्टेज अगाडी नाच्न पुगिहाल्थे र रमझम गर्दै नाचे । यस अघि कहिल्यै पनि यस किसिमको रमाइलो नगरेको र नभएको, आज एकदमै एकदमै मज्जा गरेको वा भएको कुरा कन्सर्टमा सहाभागी राजन गुरुङले भने । नेपाली गीतहरु खासै नसुने पनि नेपाली धुन, लय र एलिना स्वर सुनेर ताल वा लयमा बेस्सरी नाचेको कुरा बताईन अर्का सहाभागी युवतीले । हुन पनि उक्त दिन हलको साउन्ड सिस्टम र एलिनाको गायन उत्कृष्ट मिलेको थियो ।

प्राय यूकेमै जन्मे हुर्केका युवा युवतीहरु माझ भएको उक्त कन्सर्टमा कतिले नेपाली गीत नबुझे पनि एलिनाको स्वर र गीतको लयमा कम्मर मर्काइ मर्काइ नाचे । नेपाली गीतको शब्द त्यत्ती नबुझे पनि नेपाली लय र एलिनाको स्वर मिठो लागेको अनुभब सुनाए एकजना जोडी युवतीहरुले । त्यस्तै डिजेहरुको म्युजिक आफुहरुलाई मन परेको र रमाइलो गरेको कुरा सुनाए- प्रेक्ष्य र प्रमितले । त्यस्तै अमित मगर प्रमुख रहेको दाज्युभाइ ब्यान्डको प्रतक्ष्य (लाइभ) गायनमा पनि युवायुवतीहरुले अत्ती मनोरन्जन गरे ।
गोर्खा कपकै दिन बिशेष गरेर युवायुवतीलाई लक्ष्य गरेर आयोजना गरेको उक्त “अफ्ठेर पार्टी”मा एलिनाले यूकेकै चर्चित नेपाली ब्यान्ड “दाजुभाइ ब्याण्ड” सँग थुप्रै चर्चित नेपाली गीतहरु गाएका थिए । बेलुका १० बजे देखी सुरु गरेको उक्त पार्टी अर्को बिहान ४ बजेसम्मा भएको थियो । उक्त पार्टीमा डिजे शिभ, डिजे भिक्की अनि प्रज्नाले नेपाली तथा अङग्रेजी रिमिक्स म्युजिक बजाएर नचाएका थिए ।

डीजी (दिपेश राई र गिरी गुरुङ) इन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजना गरेको उक्त पार्टीमा झन्डै आठ सय बढी दर्शकहरु उपस्थित रहेका थिए । डिजी इन्टरटेन्टमेन्ट ग्रुपले गत १७ बर्षदेखी यस किसिमको कन्सर्ट (आफ्ठेर पार्टी) आयोजना गर्दै आइरहेको छ । सबै कुराले साथ दिएमा अगामी बर्षहरुमा नयाँ नयाँ कन्सेप्टसहित यस किसिमको कन्सर्ट गर्ने योजना रहेको कुरा संयोजकद्वय- राइ र गुरुङले खबर यूकेलाई जानकारी गराएका छन ।



