विमान दुर्घटना अपडेटः १६ वटा शव भेटियो, अरुको खोजी जारी- मुस्ताङका सिडिओ

मुस्ताङ । तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको मुस्ताङका सिडिओ नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । विमानमा सवार अरुहरुको खोजी भइरहेको उनले बताए । हिजो बिहानदेखि हराएको विमान आज बिहान मुस्ताङको मानापाथी हिमालको फेदमा भेटिएको थियो ।

यार्सागुम्बा टिप्न गएका स्थानीयले दुर्घटनाग्रस्त विमान फेला पारेका थिए । अहिले नेपाली सेना र नेपाल प्रहरीको टोली दुर्घटनास्थल पुगेर उद्दार एवम् खोजी कार्य गरिरहेको छ ।

विमानमा धनुषाका एकै परिवारका सातजना सवार भएको पुष्टि भइसकेको छ । विमानमा १९ जना सवार थिए ।

१४ जनाको शव फेला, पहिचान हुन बाँकी

त्यस्तै नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् ।

प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ ।

विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो ।

‘केही शव भिर र खोंचमा फसेको छ, ठाउँ अप्ठ्यारो भएकाले संकलनमा समस्या भयो’