मेयर बालेन र उपमेयर सुनिताले लिए सपथ (भिडियो)
काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित मेयर बालेन्द्र सहले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार राष्ट्रियसभा गृहमा आयोजित पद तथा गोपनीयता सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले साहलाई मेयर पदको गोपनीयताको सपथ गराएका हुन् ।
बालेनले आफूले सपथ ग्रहण गरेपछि उपप्रमुख सुनिता डंगोललाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्षसहित सदस्यले आजै पदबहाली गर्ने भएका छन् । कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन् ।
कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो । कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् । वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्वप्रवक्तासमेत रहेका ईश्वरमान डङ्गोल विजय भएका छन् ।
तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ ले मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ। यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको थियो ।
सपथग्रहणमा माला लगाउन मानेनन् मेयर बालेन्द्रले, नेवारीमा पनि खाए सपथ
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह आज सपथग्रहण समारोहमा माला लगाउन अस्वीकार गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित सपथग्रहण समारोहका क्रममा उनले माला लगाउन नचाहेका हुन् ।
शाह मेयर निर्वाचित भएको भोलिपल्ट ओखरपौवास्थित डम्पिङ साइटमा पुगेका थिए । त्यहाँ उनले काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने तथा कुनै उत्सव नमनाउने बाचा गरेका थिए । सोही बाचामा अडिग रहँदै उनले आज सपथग्रहणमा माला लगाउन नचाहेका हुन् ।
मुख्य निर्वाचन अधिकृतले सबै जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गर्दै माला लगाइदिएका थिए । कार्यक्रममा उपस्थित बालेनकी पत्नी सविना काफ्लेले भने माला लगाएकी थिइन् ।
बालेनले नेपाली र नेवारी भाषा (नेपाल भाषा) मा सपथ खाएका छन् । सुरूमा उनलाई प्रमुख निर्वाचन आयुक्तले नेपालीमा सपथ गराएका थिए । त्यसपछि आफैंले नेवारी भाषामा उनले सपथ खाए । बालेन राष्ट्रिय पोशाकमा सपथग्रहण समारोहमा उपस्थित छन् ।
बालेनले नेपालीमा पढे, सुनिताले नेपाल भाषामा
काठमाडौं । काठमाडौंकी उपमेयर सुनिता डंगोलले नेपाल भाषामा सपथग्रहण गरेकी छन् । राष्ट्रिय सभागृहमा उनले मेयर बालेन्द्र साहबाट उनले सपथग्रहण गरेकी हुन् । मेयर साहले सपथको व्यहोरा नेपालीमा पढेका थिए भने त्यसलाई सुनिताले नेपालभाषामा उल्था गरेर वाचन गरेकी थिइन् । यसअघि मेयर बालेन्द्रले नेपाली र नेपाल भाषा दुवैमा सपथ खाएका थिए ।
काठमाडौंका मुख्य निर्वाचन अधिकृतले उनलाई नेपालीमा सपथ गराएका थिए भने पछि बालेन्द्र आफैंले त्यसलाई नेवारीमा वाचन गरेका थिए ।