यस्तो छ नेपाल सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिँदै लगिने बताउनुभएको छ । मङ्गलबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस वर्षको नीति तथा कार्यक्रमले समुन्नत नेपालको आकांक्षालाई पूर्णरुपमा आत्मसात् गरेको बताउनुभयो ।
त्यस्तै, कार्वन व्यापारबाट थप लाभ प्राप्त गरिनेछ, विकास र वातावरणबीच सन्तुलन कायम गर्ने नीति अबलम्बन गरिने छ । बहुमूल्य जडिबुटीलाई संरक्षण गरी व्यावसाहिक उत्पादन गरिने, वनको दिगो व्यवस्थान गरी वन पैदावरमा आत्मनिर्भर हुने व्यवस्था गरिने आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी, काठलगायतका वनजन्य पदार्थको आयात निरुत्साहित गरिने छ । चुरे क्षेत्रको एकीकृत संरक्षण तथा विकास गरिनेछ । कोशी, गण्डकी र महाकाली जलाधारको संरक्षण र व्यवस्थापन गरिनेछ । नदी प्रणालीको सुदृढीकरण गरिने र राज्यका आधारभूत तहमा महिलाको सहभागितालाई प्राथमिकता दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमकाे पूर्णपाठ-