लिभरपुल च्याम्पियन्स लिगको फाईनलमा

इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा झरेको भिल्लारियललाई ३-२ गोलले हराउँदै समग्रमा ५-२ गोलको अग्रता बनाएर लिभरपुल फाइनलमा पुगेको हो ।

पहिलो लेगमा २-० को जित निकालेको लिभरपुलले दोस्रो लेगमा भिल्लारियलको घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्थामा खेल उल्ट्याएको हो । खेलको तेस्रो मिनेटमा नै भिल्लारियलले अग्रता लिएको थियो । उसका लागि डीयाले गोल गरेका थिए । ४१औं मिनेटमा कोकिलिनले गोल गर्दै भिल्लारियललाई पहिलो हाफमा दुई गोलले अग्रता दिलाए । तर दोस्रो हाफमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्न सफल भयो । उसले १२ मिनेटमा ३ गोल गर्दै खेल उल्ट्याएको हो । ६२ औ मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई २-१ को अवस्थामा सफल भए । उनले सलाहको पासको सदुपयाेग गरेका थिए ।

६७ औं मिनेटमा लुइस डियाजको गोलमा लिभरपुलले खेलमा २-२ को बराबरी गरे । उनले एलेजान्डेर आर्नोल्डको पासको सदुपयाेग गरेका थिए ।त्यसपछि ७४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३-२ ले अगाडि राखे । यो पटक मानेले केइटाको पासमा गोल गरे । मानेले दुबै लेगमा एक एक गोल गर्न सफल भए ।

खेलको ८५औं मिनेटमा भिल्लारियल १० खेलाडीमा झर्न पुग्यो । उसका लागि दुबै गोलमा एसिस्ट गरेका कापोइ दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए । त्यसपछि भिल्लारियल खेलमा फर्किन सकेन र प्रतियोगिताबाट बाहिरिएको छ ।

अब लिभरपुलले उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटी बिचको विजेतासँग खेल्ने छ । पहिलो लेगमा सिटीले रियल मड्रिडलाई घरेलु मैदानमा ४-३ ले हराएको थियो । दोस्रो लेग रियलको घरेलु मैदानमा हुनेछ । फाइनलमा खेल पेरिसमा मे २८ मा हुनेछ । यति मात्र होइन लिभरपुललाई नयाँ इतिहास बनाउने मौका पनि बढेको छ यो सिजनमा लिभरपुलला प्रिमियर लिग, एफ ए कप रा च्याम्पियन्स लिगको उपाधि जित्ने अवसर रहेको छ ।

कुनै पनि इग्लिस क्लबले एकै सिजनमा ३ फरक उपाधि जित्न सकेका छैनन् । एफ ए कपको फाइनलमा लिभरपुलले चेल्सीसँग खेल्दै छ भने प्रिमियर लिगको उपाधि जित्ने अवसर बाँकी नै छ ।

प्रिमियर लिगमा शिर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा मात्र एक अङ्कले पछाडि छ ।