एकीकृत समाजवादी पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक (घोषणापत्रसहित)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रियसभा गृहमा मङ्गलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने उल्लेख गरिएकाे छ । ४७ पृष्ठ लामो स्थानीय तह निर्वाचन घोषणापत्रमा निःशुल्क खानेपानी, हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालय, फोहर बन्ने छ मोहर, पानीका स्रोत संरक्षणका लागि विशेष योजना, द्वन्द्वपीडित राहत सहयोग कार्यक्रम, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने उल्लेख गरिएकाे छ ।