काभ्रेपलान्चोक रोशी गाँउपालिका अध्यक्ष पदको लागि बिजय लामाद्वारा स्वतन्त्र उम्मेदवार घोषणा

काभ्रेपलान्चोक । आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरु उम्मेदवार छनौट प्रक्रियामा व्यस्त छन । उम्मेदवारका आकांक्षी पार्टी र नेतासँग प्रभावित गरेर आफ्नो पक्षमा टिकट ल्याउन लागिपरेका छन ।

यसैबीच रोशी गाँउपालिकामा भने एक युवा; विजय लामा स्वतन्त्र भएर रोशी गाँउपालिका अध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेको छ । लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका छन |

लामाले सामाजिक सञ्जालमा लेखेका छन : लोकतान्त्रिक गणतन्त्र भित्र नव निरंकुशतावादको विरुद्ध युवा पुस्ताले दासी बनेर होईन जोस, हिम्मत र आँटका साथ लड्नु नै आजको आवश्यकता हो । लामाले देशमा लोकतन्त्र गणतन्त्र आएर पनि देशका नेताहरुले देशमा विकास गर्ने नसकेका र परिवारबादमा लागेको कुरा बताएको छ । सरकार र नयाँ तन्त्रले युवाहरुको लागि रोजगार अनि स्वरोजगार खासै योजनाहरु ल्याउन नसकेको र बिदेसिनु परेको आरोप लगाए ।

लामाले “अब हामी जस्तो युवाहरु चुप लागेर बस्नु हुदैन, हामी कति दिनसम्म यी नेताहरुको कुरामा विश्वास गरेर यिनीहरुको पछि लागेर हिड्ने ? अब हामी यिनीहरु पछि लाग्ने होइन हामी सब युवाहरु एक भई देशमा परिबर्तन ल्याउन पर्छ भन्दै हामीले अहिले केही गर्ने सकेनौ भने अब आउने हाम्रा नयाँ पुस्ताहरुले पनि हामीले भन्दा पनि धेरै दुखहरु भोक्नु पर्छ” भन्दै आफु स्वतन्त्र भएर गाउँ पालिकाको अध्यक्षमा उम्मेदार दिएको कुरा बताएको छ ।