नेपाल सरकारद्वारा २० देशका लागि राजदूतहरु सिफारिस [सुचीसहित]
सिफारिस राजदूतहरुमा माधव नेपालका ज्वाइँदेखि शर्मिला पराजुलीसम्म, माओवादी नेत्री पम्फा भुसालको बहिनी ज्वाँई पनि राजदूतमा सिफारिस ।
बेलायतका लागि पूर्व राजदुत डा दुर्गा बहादुर सुबेदी जापनको लागि राजदुत सिफारिस
काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता लाग्नु अघि व्यापक राजनीतिक नियुक्तिहरु गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझको बैठकले २० देशका राजदूत नियुक्ति गर्दा पूर्व सांसददेखि केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेकासम्मलाई अवसर दिएको छ ।
राजदूत नियुक्तिको सिफारिसमा नेकपा एसको कोटामा अध्यक्ष माधव नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी शर्मिला पराजुली समेत परेकी छन् । त्यस्तै श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र उर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालका बहिनी ज्वाइँ हुन् ।
पोखरेल अष्ट्रेलिया र पराजुली स्पेनको लागि सिफारिस भएको बताइएको छ । चीनको राजदूतमा माओवादी कोटाका बिष्णु पुकार श्रेष्ठ परेका छन् । त्यस्तै जसपाबाट पूर्व सांसद नवराज सुवेदीले राजदूत बन्ने मौका पाएका छन् । यसअघि श्रीलंकाको राजदूतबाट राजिनामा दिएका विश्वम्भर प्याकुरेलकी पत्नी ज्योती प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको छ ।
स्रोतका अनुसार दक्षिण अफ्रिकामा दानबहादुर तामाङ र इजरायलमा शान्ता रिजालको सिफारिस भएको छ भने जसपाका रामसुरज राय डेनमार्कका लागि सिफारिस भएका छन् । रसियाको राजदूतका लागि मिलन तुलाधर सिफारिस भएका छन् भने श्रीलंकामा बासुदेव मिश्र छन् । यिनीहरु सबै राजनीतिक दलको कोटाबाट भएका हुन् ।
त्यस्तै डिल्लीराज पौडेल मलेसियाको राजदूतमा सिफारिस भएका छन् ।
परराष्ट्र सेवाबाट सहसचिवहरु दुर्गाबहादुर सुवेदी,घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्लेको सिफारिस भएको छ ।
यी हुन् राजनीतिक कोटाबाट राजदूतमा नियुक्ति सिफारिस भएका १२ जना :
विष्णुपुकार श्रेष्ठ, चीन
दानबहादुर तामाङ, दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल, स्पेन
बासुदेव मिश्र, श्रीलंका
मिलन तुलाधर, रसिया
कैलाश पोखरेल, अस्ट्रेलिया
डिल्लीराज पौडेल, मलेसिया
शान्ता रिजाल, इजराइल
ज्योति प्याकुरेल, दक्षिण कोरिया
प्राडा रामसुरज राय यादव, डेनमार्क
नवराज सुवेदी, साउदी अरब
नरेश विक्रम ढकाल
परराष्ट्र मन्त्रालयका उच्च तहका ८ कर्मचारीलाई पनि राजदूतमा नियुक्ति सिफारिस गरिएको छ । को‚ कुन देशका लागि सिफारिस भएका हुन् भन्ने जानकारी प्राप्त नभए पनि सिफारिस हुने अधिकारीहरू निम्नानुसार रहेका छन् :
घनश्याम भण्डारी
हरिशचन्द्र घिमिरे
डोरनाथ अर्याल
सुशीलकुमार लम्साल
भरतकुमार रेग्मी
निर्मलराज काफ्ले
दुर्गाबहादुर सुवेदी
तिर्थराज वाग्ले
सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
यसैगरी नेपाल टेलिकमकाे प्रबन्ध निर्देशक (एमडी) मा सुनिल पौडेललाई नियुक्ति गरिएको पनि उहाँले बताउनुभयो ।मन्त्रिपरिषद्को आज अपराह्न भएको बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस गरेको हो