भरतपुरको मेयर नछाड्ने कांग्रेसको अडान, लाचिलो हुन प्रचण्डको अग्राह
चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमै पुगेर गठबन्धनलाई सफल पार्न सबै ललिचो हुनुपर्ने बताएका छन् । चितवन कांग्रेसले भरतपुर महानगरपालिकाको प्रमुखमा नछाड्ने दाबी गरिरहँदा भरतपुरमै आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सबैले त्यागको भावना लिनुपर्ने धारणा राखेका छन् ।
देशलाई संकटबाट मुक्त चुनावमा गठबन्धनलाई लिएर जाने निर्णय गरिसकेको बताउँदै यसलाई सफल पार्न सबैले आ-आफ्नो ठाँउबाट लचिलो हुनुपर्ने बताएका हुन्। भरतपुर महानगरपालिका-२ का सुकुम्बासीलाई लालपूर्जा वितरण गर्दै उनले गठबन्धनलाई मजबुत बनाउन सबै तहतप्काको जिम्मेवार भूमिका रहेको बताए ।
गठबन्धनलाई सफल पार्न सबैले आ-आफ्नो ठाँउबाट लचिलो हुनुपर्ने बताएका हुन् । त्यसका लागि सबैले त्याग गर्ने मानसिकता भएमा असम्भव भन्ने केही नहुने बताए । ‘चुनावमा गठबन्धनलाई लिएर जाने भन्ने निर्णय गरिसकेका छौं । यसलाई सफल पार्ने भनेको सबैले आआफ्नो ठाउँबाट लचिलो हुन सिक्नुपर्छ । ‘सबैले लचिलो हुने, त्याग गरेर देशलाई छिटोभन्दा छिटो समाजवाद उन्मुख राष्ट्रको लागि त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही पनि हुँदैन,’ उनले भने ।
भरतपुर महानगरपालिकाको प्रमुखमा प्रचण्डकी छोरी रेनु दाहाल मेयर छिन् । कांग्रेससंगको गठबन्धनमा उनले नेतृत्व जितेकी हुन्। यसपटक पनि उनी मेयरमै दोहोरिने चर्चामा छिन् । तर, चितवन कांग्रेसले भने मेयरमा आफूहरुले पाउनुपर्ने दाबी गरेको छ । त्यही सन्दर्भमा दाहालले मलुकको निकासको लागि गठबन्धन गरिएको बताउँदै सबैलाई जिममेवार हुन आग्रह गरेका हुन् ।
प्रतिगामीहरूलाई परास्त गर्दै बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न क्रियासिल रहेको समेत बताए। उनले आगामी निर्वाचनमा पनि गठबन्धनमै चुनावमा जाने सहमति भइसकेको बताउँदै संविधान र परिर्वतनलाई जोगाउन पनि स्थानीय, संघ र प्रदेशको निर्वाचन गठबन्धनमै जानुपर्ने बताए ।
भरतपुर महानगरपालिका-२ आँपटारीका ४६ भूमिहीन दलितलाई बुधबार लालपूर्जा वितरण गरेका हुन्। कार्यक्रममा भूमी ब्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री शशि श्रेष्ठले भूमिहिन सुकुम्वासी, भूमिहीन दलित र अब्यवस्थित बसोवासीहरूलाई जग्गाधनी प्रमाण पूर्जा प्रदान गर्दै यो भूमीमा प्राप्तिको अभियान निरन्तर अगाडि बढ्ने बताइन् ।