तमु समाज यूकेले युध्दबाट बिस्थापित यूक्रीनीहरुको लागि आर्थिक सहयोग

लण्डन । तमु समाज यूकेले युध्द पीडित तथा बिस्थापित यूक्रेनीहरुको लागि आर्थिक सहयोग गरेको छ । रुस यूक्रेन युध्द शुरु यता थुप्रै यूक्रेनीहरु बिस्थापित भएकोले मानबता नाताले र समाज समाजको दायित्व सम्झी तमु समाज यूकेले गत मार्च ९ तारिख २०२२ देखी आर्थिक सहयोग (चन्दा) संकलन गर्न शुरु गरेको थियो । समाजको सदस्यहरु र बिभिन्न सँघ सस्थामा आबध्द ब्यक्तिहरु तथा शुभचिन्तकहरुबाट तमु समाज यूकेले संकलित २०६२ (दुई हजार बैसठ्ठी) पाउण्ड रकम मिती अप्रिल २ तारिख २०२२ साल शनिबार तमु समाज युके नेपाली कम्युनिटि सेन्टर बारहम पार्क सडबरि वेम्ब्ली लण्डन स्थित आफ्नै भवनमा एक कार्यक्रम आयोजना गरी संकलित रकम लण्डन बोरो अफ ब्रेन्ट काउन्सिलर थोमस स्टेफेन र काउन्सिलर उमेदवार टेओ बेनिआको शिफारिस र रहोबरमा लण्डन लाईसियम म्युजिक लिमिटेडका मालिक तथा निर्देशक श्री पेट्रु कोट्रासिअ र श्रीमती केटरियन स्टेपनोभालाई हस्तन्तरण गरेको कुरा तमु समाज यूकेको अध्यक्ष शिव कुमार गुरुङले खबर यूकेलाई जानकारी गराउनुभयो । यस म्युजिक कम्पनिले बिगत ३ हाप्तामा आफ्नै र लन्डनमा सहयोग संकलन गरि ५० हजार पाउण्ड भन्दा बढि रकम बराबरको पाँच वटा ट्रक भरि भरि बिभिन्न प्रकारका सामनहरु युकेदेखि युक्रेन पुराईसकेको जानकारि दिनु भएको थियो । अब एक ट्रक भरि औषधी तथा स्वास्थ्य सामाग्रीहरु पठाउने तयारि गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सुरुमा तमु समाज यूकेका अध्यक्ष शिव कुमार गुरुङले सबैजना लाई स्वागतगरि समाजको संक्षिप्त परिचय र संस्थाले परोपकारी कार्यमा गरेका भुमिका र संस्थाको उपलब्ध स्रोत र परियोजनाको दायरा सामान्य छ तर हामी सधै सकेसम्म धेरै मानिसहरुलाई मद्दत गर्ने लक्ष्य राख्दछौ भन्नु भएको छ । यसै क्रममा आज हामी युक्रेनका जनतालाई समर्थन र सहयोगको छौं भनी एक्यबध्दता जनाउनुभयो ।

युध्द कसैका निम्ती वा कुनै देशको लागि राम्रो नहुने भन्दै युध्द पीडित तथा बिस्थापित जुनै देशको नगरिक भए पनि मानबताको नाताले सहयोग गर्नुपर्ने समाजको दयित्व सम्झी चन्दा संकलन गरेको कुरा बताउनुभयो । कार्यक्रममा लाईसियम म्युजिक लिमिटेडको निर्देशक पेट्रु कोट्रासिअले तमु समाज युके बारे थाहा पाउदा र तमु समाज यूकेको सामाजिक कार्यहरु जानकार पाउदा खुशी ब्यक्त गर्नुभयो ।उहाँले तमु समाज यूकेलाई यूक्रेनी जनताको कठिन परिस्थितिलाई बुझीदिनुभई सहयोग पुर्‍याउनु भएकोमा हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्नु भयो । यसैगरि श्रीमति केट्रिना स्टेपानोभाले युक्रेनको बर्तमान अवस्थाको बारेमा सचेत रहनु र तपाईंको समुदायमा समाचार फैलाउनु र तपाईंले हामीलाई दिनुभएको समर्थन र सहयोग साँच्चिकै सराहनीय छ जुन हाम्रो लागि अविश्वसनीय छ भन्नुभएको थियो । उहाँहरुले प्राप्त सहयोग रकम उचित बर्गलाई (युध्द पीडित वा बिस्थापित) औषधि तथा स्वास्थ्य सामाग्री खरिद गरि पुर्याउने प्रतिबध्दता गर्नुभयो ।

कार्यक्रममा काउन्सिलर थोमस स्टेफेनले तमु समाज यूकेको प्रशंसा गर्दै तमु समाजले गर्दै आएको सामाजिक सेवाप्रति ब्रेन्ट काउन्सिल अत्यन्तै खुसि र प्रभावित भएका छौ- भन्नुभयो । तपाईको समुदयाले गरेका कार्यहरु साँच्चिकै सराहनीय छ यसका लागि आभर सहित धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रममा ब्रेन्ट काउन्सीलको अर्को उम्मेदवार टेओ बेनिआ पनि उपस्थिती हुनुहुन्थ्यो र उहाँले तमु समाज युकेले छोटो समयमा यति ठुलो रकम संकलन गर्नु सफल भएकोमा प्रसंसा गर्दै धन्यवाद ब्यक्त गर्नु भयो । तमु समाज युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रि चित्रबहादुर गुरुङले युक्रेनी जनताको मानाबिय सेवामा समर्पितरही छोटो समयमै २ हजार पाउण्ड भन्दा धेरै राहत संकलन गर्न सफल भएकोमा कार्य समितिका पदाधिकारीहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रम तमु समाज युकेका आमा समुहका अध्यक्ष श्रीमती उमा देवी गुरुङ प्रथम महिला श्रीमती मिना गुरुङ र कार्यसमितिका सदस्य श्रीमती भद्र गरुङले जलपानको ब्यबस्था गर्नुभएको थियो । कार्यक्रममा सह-कोषाध्यक्ष श्री रबिन गुरुङ र सल्लाहकार श्री बाबुराम गुरुङ पनि उपस्थिति हुनुहुन्थ्यो ।

कार्यक्रममा संकलित रकमको चेक हस्तानतरगरी संस्थाका अध्यक्ष शिब कुमार गुरुङले उपस्थित सबैजनालाई धन्यवाद तथा आभर प्रकट गर्नुभएको थियो । साथै उहाँले राहत संकलन कार्यमा सहभागी भई सकेको सहयोग गरिदिनु भएकोमा सम्पुर्ण चन्दा दाताहरुलाई हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्नुभयो । बिहान ११ बजे सुरु भएको कार्यक्रम १२:४५ बजे समापन भएको थियो । कार्यक्रम संचालन महासचिब श्री धरम बल गुरुङले सन्चालन गर्नुभएको थियो ।

यूक्रेनी युध्द पीडित वा बिस्थापितहरुलाई यस किसिमको आर्थिक सहयोग गर्नेमा यूके स्थित नेपाली समाजहरुमा तमु समाज पहिलो संस्था हो ।