प्रधानमन्त्रीद्वय- देउवा र माेदीबीच नयाँदिल्लीमा भेट

नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबीच हैदरावाद हाउसमा भेटवार्त सुरु भएको छ । भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँदिल्ली पुग्नुभएको हो ।

भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय हैदराबाद हाउसमा वार्ता हुनेछ । द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ ।

त्यस्तै, नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दाबढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदका विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल हुनेछ ।

नेपाल-भारत सम्बन्ध नवीकरणको प्रयास

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबीच भेटवार्ता भएको छ । शनिबार बिहान हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दुई देशका प्रधानमन्त्रीको भेटलाई नेपाल-भारतबीचको सम्बन्धलाई नवीकरणको रुपमा टिप्पणी गरेका छ न्। उनले दुई प्रधानमन्त्रीबीच विभिन्न विषयवस्तुमा बृहत्तर छलफल भएको बताएका छन् । प्रधानमन्त्री देउवा र मोदीबीचको भेटले दुई मुलुकको सम्बन्धले नयाँ उचाईं प्राप्त गरेको विस्वास भारतीय विदेश मन्त्रालयले व्यक्त गरेको छ ।

हैदराबाद हाउसमा देउवा र मोदीबीच एक्लाएक्लै तथा द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम छ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदैछ। शनिबार हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम छ। दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर नेपाल रेल्वेको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन् ।

त्यस्तै, नेपालमा भारतीय सहयोगमा निर्मित १ सय ३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले भनेजस्तै ऊर्जा कृषि स्वास्थ्य र यातायात क्षेत्रमा छलफल गर्न विभागीय मन्त्रीहरू भ्रमण टोलीमा समावेश छन् । ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत अधिकारीले नेपालमा उत्पादित ऊर्जा भारतमा निर्यात तथा बिक्री वितरणका बारेमा छलफल गर्नेछन् ।

त्यस्तै कृषिमन्त्री महेन्द्रराय यादवले मल खरिद सम्झौता गर्नेछन् । स्वास्थ्यमन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्काले पनि आफ्नो विभागीय विषयमा छलफल तथा सम्झौता हुने बताइएको छ ।