तमु समाज यूकेले लेबर पार्टीबाट काउन्सिलरको उम्मेद्वार कमल गुरुङको चुनावी अभियानमा सहयोग
लण्डन । बेलायतमा आगामी मे महिना स्थानीय तहको (काउन्सिलहरुको) निर्वाचन हुँदैछ । यसै निर्वाचनमा केही भुपु गोर्खाहरुले आफुहरुले आस्था राख्ने राजनितीक पार्टीहरुको सदस्य लिएर बेलायतकै राजनितीमा भिज्न र सङ्लग्न हुन थालेका छन । यिनै भुपु गोर्खा मध्ये एक बार्नेट बोरोको बोर्न्ट वोक निवासी कमल गुरुङ पनि लेबर पार्टीको तर्फबाट काउन्सिलरको उम्मेदवार हुन । कमल गुरुङले यतिखेर आफ्नो चुनावी अभियानलाई तिब्र बनाइरहेका छन ।
यसै शिलशिलामा बेलायतमा तमुहरुको प्रतिष्ठित संस्था तमु समाज यूकेले हिजो मार्च २७ तारिख २०२२ साल आइतबार कमल गुरुङ चुनाबी अभियानमा सहयोग गरेको कुरा समाजको संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ ।
बिहान १० बजे बोर्न्ट वोक स्थित लिन्डहर्स्ट पार्कमा एक बृहत कार्यक्रम गरी शुरु गरिएको चुनावी अभियानमा काउन्सिलरको प्रत्यासी कमल गुरुङले कार्यक्रम उपस्थित सबै जानलाई स्वागत गर्दै चुनावी आभियान पर्चा बितरण सम्बन्धि छोटो जानकारिको दिदै बितरण कार्यमा अपनाउनु पर्ने स्वाथ्य तथा सुरक्षाबारे जानकारी गराउनुभएको थियो । त्यस पस्चात सबै सहयोगी साथीहरुले अ-आफ्नो समुहलाई तोकिएको क्षेत्रमा पर्चा बितरण गरेका थिए । पर्चा बितरण कार्यक्रम दिउसो १ बजेतिर अन्त भएको थियो । अन्तमा कमल गुरुङज्युले आफु आबध्द संस्थाका स्वयंसेवक साथिहरुले आफु प्रति गरेको सहयोगको प्रसंसा गर्दै हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्नुभयो ।
हिजोको चुनावी अभियान सहयोग कार्यमा तमु समाज युकेको संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ, पूर्व अध्यक्ष श्री अर्जुन कुमार गुरुङ, निवर्तमान अध्यक्ष श्री शिव चन्द्र गुरुङ, आमा समुहको अध्यक्ष श्रीमती उमादेवी गुरुङ, आमा समूहको पूर्व अध्यक्ष श्रीमती माया गुरुङ र पूर्व उपाध्यक्ष श्रीमती विजु गुरुङको लगयात समाजको थुप्रै पदाधिकारीहरु तथा शुभ चिन्तकहरु सहभागी थिए । कार्यक्रममा लेबर पार्टीकै अर्को उम्मेदवार काउन्सिलर सारा कोनवे पनि सहाभागी थिईन ।
कमल गुरुङ तमु समाज यूकेको आजीवन सदस्य हुनुको साथै सल्लाहकार पनि हुन । समाजको आजीवन सदस्य तथा सल्लाहकार भएको नाताले कमल गुरुङलाई मध्दत गर्नु समाजको कर्तब्य अनि दायित्व सम्झी स्वयमसेवा गर्न गएको कुरा संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो । तमु समाज यूकेले यस किसिमको अभियान अनि परोपकारी काममा सधैं संस्थालाई अगाडी उभ्याएको छ र सकेको सहयोग गर्दै आइरहेको छ ।