क्वोने (घोताने/घोन्डे) समाज यूकेको आयोजनामा प्रथम नेपाल स्टार बिजेता एलिना गुरुङको पहिलो कन्सर्ट
अल्डरसट । क्वोने (घोताने घोन्डे) गुरुङ (तमु) समाज यूकेको निमन्त्रणामा समाजको छैटौ भाईखलक तथा चेलीबेटी भेटघाट कार्यक्रम-२०२२ को लागि समाजकै निमन्त्रणामा नेपालबाट यूके आएकी प्रथम नेपाल स्टार बिजेता एलिना गुरुङको पहिलो कन्सर्ट हिजो २६ मार्च २०२२ तारिख शनिबार अल्डरसट स्थित एम्पायर हलमा सम्पन्न भयो ।
क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेले माघेसक्रान्ती शुभ अबसरमा भाईखलक तथा चेलीबेटी कार्यक्रम आयोजना गर्ने गरेकोमा कोभिडको कारण गत बर्ष स्थगित भएको कार्यक्रम यस बर्ष पनि केही महिना ढिलो हिजो सम्पन्न भएको थियो । समाजको जेष्ठ सदस्य आमा जगत कुमारी गुरुङ तथा फुपु लक्ष्मी गुरुङको प्रमुखको अतिथ्यमा सम्पन्न कार्यक्रममा यूके स्थित बिभिन्न संघसंस्थाहरुमा नेतृत्वपदमा निर्बाचित तथा नियुक्त भएका क्वोने (घोताने/घोन्डे) समाज यूकेका दाज्युभाइ तथा चेलीबेटीहरुलाई अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ तथा प्रथम महिला लक्षु गुरुङद्वारा फेटा लगाइ र सोल ओढाइ सम्मान गरेका थिए । त्यस्तै कोभिड महामारीको समयमा जोखिम मोलेर अरोहत्र मानबसेवा गर्नुभएका समाजको चेलीद्वय- पार्वती गुरुङ तथा माया गुरुङलाई पनि सोल ओढाइ प्रशंसापत्रद्वारा सम्मान गरेको थियो । त्यस्तै नेपाल टेलीभिजनबाट प्रसारित वाइवाइ नेपालद्वारा प्रायोजित प्रथम नेपाल स्टार प्रतक्ष्य गायन प्रतियोगितामा हजारौ प्रतिस्पर्धीमाझबाट सर्बोत्कृष्ट भएर बिजयी हुनुभएकी क्वोने चेली छोरी एलिना गुरुङलाई पनि बधाई तथा सम्मान गरेको थियो ।
कार्यक्रममा तमु धि यूकेका अध्यक्ष हितकाजी गुरुङ तथा तमु समाज यूकेका अध्यक्ष शिव कुमार गुरुङलाई तमुहरुको ठुलो अनि सम्मानित संस्था तमु धि यूके र तमु समाज यूकेको अध्यक्षजस्तो गरिमामय पदमा निर्बाचित हुनुभएकोमा क्वोने (घोताने/घोन्डे)को ज्वाँई भएकाले उहाँहरुप्रति गौरवान्तित हुँदै दुबै अध्यक्षलाई एउटै मन्चमा सम्मानित गरिएको थियो । कार्यक्रममा सोपाल समाज युकेका आमा समुहका अध्यक्ष तथा समाजको बारिष्ठ सदस्य श्रीमती माया गुरुङ्गको हालसालै प्रकाशित “जिन्दगी” नामक कविता सङग्रहको पनि बिमोचन गरेको थियो । त्यस्तै समाजको कोषाध्यक्ष जगदिश गुरुङको “तिमी फुल बनेर” बोलको गीत पनि बिमोचन गरेको थियो ।
औपचारिक कार्यक्रमको अध्यक्षता समाजको अध्यक्ष पिताम्बर गुरुङले गर्नुभएको थियो भने औपचारिक कार्यक्रम सन्चालन महासचिब ईन्द्र घोथानेले सन्चालन गर्नुभएको थियो । त्यस्तै सांस्कृतिक कार्यक्रम समाजको साँस्कृतिक सचिब बिमल गुरुङ तथा गायिका ममता गुरुङले सन्चालन गरेका थिए भने कार्यक्रमको संयोजक समाजको सल्लाहकार शान्त कुमार गुरुङले गर्नुभएको थियो । कार्यक्रममा निबर्तमान अधक्ष्य तथा चार भञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समान्वय समितीका अध्यक्ष अ.ले. चन्द्र गुरुङ तथा समाजको चेलीबेटी प्रमुख चन्द्रदेबी गुरुङले शुभकामना मन्तब्य दिनुभएको थियो ।
कार्यक्रमलाई सफल बनाउन समाजकै सदस्यहरु आर्थिक सहयोग गर्नुभएको थियो भने वाटरमेलोन मर्गेज र रेड प्यारोट एकाउन्टिङ कम्पनिले आर्थिक सहयोग गर्नुभएको थियो । कार्यक्रममा चेलीबेटी प्रमुख चन्द्रदेबी गुरुङले आफ्नो दिदीबहिनीहरुलाई (चेलीबेटीहरुलाई) चेरी क्रमु तथा रफल ड्रको प्रथम पुरुस्कार सुनको औठी प्रायोजन गरेकी थिईन । राफल ड्र (चिट्ठा) कार्यक्रमबाट उठेको रकम चेलीबेटीहरुले माइतीलाई दानस्वरुप प्रदान गरे । कार्यक्रममा उत्कृष्ट भेषभुषामा महिला तर्फ शान्ती गुरुङ र पुरुषतर्फ राम कुमार गुरुङ पुरस्क्रित भएका थिए ।
कार्यक्रममा नेपाल स्टार एलिना गुरुङ, बेलायतको चर्चित गायिका ममता गुरुङ र सिक्का ब्याण्डले पहिलाको र अहिलेको चर्चित नेपाली गीतहरु गाएर भरमुग्धर मनोरन्जन गराउनुभएको थियो । कार्यक्रमको फोटोग्राफी चर्चित फोटोग्राफर मिलन तमुले गर्नुभएको थियो भने कार्यक्रमलाई नेपाल पत्राकार महासंघ बेलायतको कोषाध्यक्ष एस के गुरुङले खबर यूके, गोरखा मेडिया, एभरेस्ट मिडिया, तमु मै ताँ तथा नेपाली लिन्क मार्फत फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
कार्यक्रममा तमु धि यूकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ तथा तमु समाज यूकेको संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ लगायत बेलायतका बिभिन्न संघसंस्थामा नेतृत्व गरिराख्नुभएका र नेतृत्व गरिसकेका क्वोने दाज्युभाइहरु तथा चेलीबेटीहरु उपस्थित रहेका थिए ।
तस्बिर सौजन्या- मिलन तमु, गोरखा मेडिया