म्यादी प्रहरीको भर्ना खुल्यो, दरखास्त आह्वान
काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा तीन जना डीआईजीको नाम सिफारिस गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरु बसन्त कुमार पन्त, धिरज प्रताप सिंह, रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवाका प्रबल दाबेदार मानिएका उत्तमराज सुवेदी भने छुटेका छन्। त्यसैगरी एआईजीको रेसमा ईश्वरबाबु कार्की पनि दौडमा थिए । एआईजी थप्न सरकारले तीनवटा दरबन्दी नै सिर्जना गरेको थियो। मन्त्रिपरिषदले नियुक्त गरेपछि सिफारिस भएकाहरु एआईजीमा बढुवा हुनेछन् ।
तीन जना बढुवा भएसँगै नेपाल प्रहरीमा ८ जना एआईजी हुनेछन् । हाल हरि पाल, प्रद्युम्न कार्की, निरज शाही, विश्वराज पोखरेल र सहकुल थापा एआईजी छन् । पाल, कार्की र शाही आईजीपी शैलेश थापा क्षेत्री ब्याचका हुन् र क्षेत्रीसँगै ०७९ वैशाख १९ गते अवकाशमा जानेछन् ।
पोखरेल र थापा भावी आईजीपीका दाबेदार हुन्। आज बढुवा सिफारिस भएकामध्ये पन्त पनि आईजीपीकै ब्याचका हुन्। सिंह र धानुक भने पछिल्लो ब्याचको भएकाले आईजीपीको दौडमा सहभागी हुन पाउने छन् ।