बागलुङ सेवा समाज कतारको अध्यक्षमा सन्तोष पौडेल

कृष्ण प्रसाद शर्मा ।

२८ फाल्गुण । बागलुङ सेवा समाज दोहा कतारको शुक्रबार सम्पन्न १२औँ अधिवेशनबाट अध्यक्षमा पुनः सन्तोष पौडेल सर्वसम्मत चयन भएका छन् । बा.न.पा १४ घर भएका पौडेल कतारमा लामो समय देखि कार्यरत छन् । सामाजिक काममा निकै सकृय पौडेल ११ औं अधिवेशनबाट पहिलो पटक अध्यक्ष निर्वाचित भएका थिए । नेपालमा कोरोनाको प्रकोप बढेको बेला पौडेलकै संयोजकतामा बागलुङ सेवा समाज दोहा कतारले नेपालमा थुप्रै राहत सहयोग पुर्याएका थिए । अन्तराष्ट्रिय बागलुङ समाजको सदस्य समेत रहेका कारण उक्त समितिमा पनि पौडेलले जिल्लाका विकट ठाउंमा कोरोना रोकथामका लागी राहत सामाग्री पुर्याउन महत्वपुर्ण सहयोग गरेका थिए ।

कार्यसमितिका अन्य सदस्यहरूमा प्रथम उपाध्यक्षमा सत्यकि प्रताप, दोस्रो उपाध्यक्षमा टेक रझाइली र त्रितिय उपाध्यक्षमा चेतन पुन निर्वाचित भएका छन् भने सचिवमा ईश्वर सापाकोटा र निराजन गौतम त्यस्तै सहसचिबमा बाबुराम गैरे, कोषाध्यक्षमा गोपाल थापा, सह-कोषाध्यक्षमा कृष्ण सिर्पाली र सदस्यहरु जल पुन, हिरा बि क, कृष्ण गिरी, इन्द्र बोहोरा, चन्डी प्रसाद गौतम, दोलिन्द सुबेदी, शरदा गिरी छन् । नवनिर्वाचित अध्यक्षका अनुसार थप १० जना जिल्लाको भेगलाई समेट्ने गरी पहिलो बैठकले निर्णय गर्ने बताए ।

कार्यक्रममा अन्तराष्ट्रिय बागलुङ समाजका संरक्षक होमनाथ शर्मा, उपाध्यक्ष रमेश भट्ट लगायत अन्य संध संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रम कतारको अलढोसरी गर्डन साहनीयामा सम्पन भएको थियो ।