नारी दिवसको उपलक्ष्यमा नेपाली समाज विल्टसायर यूकेद्वारा बृक्षारोपण

विल्टसायर । नेपाली समाज विल्टसायर यूकेले नारी दिवसको शुभ अबसरमा बढ्दो जलवायु परिवर्तनलाई मध्यनजर गर्दै बृक्षारोपण गरेको छ । नेपाली समाज विल्टसायर यूकेका अध्यक्ष तथा बेलायतको आगामी स्थानीय चुनावमा काउन्सिलरका उम्मेदवार ज्ञान गुरुङको अनुसार जलवायु परिवर्तनको गम्भिर्यातालाई मनन गरेर यस किसीमको कार्यक्रम आयोजना गरेको कुरा खबर यूकेलाई बताउनुभयो ।

विल्टसायर बकस भन्ने स्थानमा हिजो शनिबार मध्यान्ह बृक्षारोपण गरेको थियो । कार्यक्रममा विल्टसायर क्षेत्रको कन्सर्भेटिभ पार्टीको सांसद तथा बेलायतका पूर्व कानुन मन्त्री रोबर्ट बकल्याण्डको उपस्थितीमा एनआरएनए यूकेको निबर्तमान अध्यक्ष पुनम गुरुङ लगायत उपस्थित समाजसेवीहरुले बृक्षारोपण गर्नुभएको थियो । बृक्षारोपण पस्चात बकस कम्युनिटी सेन्टरमा एक कार्यक्रम आयोजना गरी विल्टसायर नेपाली समाज यूकेका अध्यक्ष ज्ञान गुरुङ, एनआरएनए यूकेको निबर्तमान अध्यक्ष पुनम गुरुङ र कन्सर्भेटिभ पार्टीको सांसद तथा पूर्व कानुन मन्त्री रोबर्ट बकल्याण्डले जलवायु परिवर्तन सम्बन्धि, बृक्षारोपणको महत्वबारे तथा नारी सशक्तिकरणबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा एनआरएनए यूकेको निबर्तमान अध्यक्ष श्रीमती पुनम गुरुङलाई आफ्नो दुई बर्षको कार्यकाल सफलतापुर्बक सम्पन्न गरेकोमा नेपाली समाज विल्टसायर यूकेले बधाईसहित सम्मान गरेको थियो ।

बृक्षारोपण कार्यक्रममा ३०० वटा रुखहरु रोपेको थिए । कार्यक्रममा सहभागी सबैलाई नेपाली समाज विल्टसायर यूकेले समाजको नाम र चिन्ह भएको टिसर्ट बितरण गरेको थियो ।

कार्यक्रम नेपाली एसोसियसन विल्टसायरको वुमेन बिभाग संयोजक श्रीमती तेजु गुरुङले गरेकी थिईन भने कार्यक्रम सन्चालन उपाध्यक्ष मन्जु बुढारानामगरले गरेकी थिईन । कार्यक्रको प्रमुख अतिथि कन्सर्भेटिभ सांसद तथा बेलायतका पूर्व कानुन मन्त्री रोबर्ट बकल्याण्ड हुनुहुन्थ्यो । बृक्षारोपण कार्यक्रममा युवादेखी बयस्कहरुको उपस्थिति रहेको थियो ।

उपस्थित सबैले रमाइलो गरी बृक्षारोपण कार्यक्रम सम्पन्न भएकोमा खुशी मान्दै नेपाली समाज विल्टसायर यूकेका अध्यक्ष ज्ञान गुरुङले सहभागी सबैलाई धन्यवाद दिनुभयो ।