बेलायतका लागि राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त
काठमाडौँ । ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त भएका छन् । आज(शुक्रबार) एक विज्ञप्ती सहित राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले बताएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २ सय ८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई बेलायतको राजदूत नियुक्त गरिएको हो ।
आचार्य संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा अल्प विकशित, भूपरिबेष्ठित विकाशोन्मुख र साना टापु विकाशोन्मुख मुलुकका लागि उच्च प्रतिनिधि समेत रहेका थिए । सन् २०१२ मा आचार्य राष्ट्रसंघका तत्कालिन महासचिव बान कि मुनबाट नियुक्त भएका थिए भने त्योभन्दा अगाडि उनी संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कमा राजदूत रहेका थिए ।