सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनी एप्पल, चीनमा ह्वात्तै बढ्यो व्यापार

वासिङ्टन । एप्पल विश्वमै सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनी बनेको छ । अनुमान विपरित चीनमा पनि एप्पलको आइफोन सबैभन्दा बढी विक्री हुने फोन भएको छ ।

काउन्टरपोइन्ट रिसर्चका अनुसार चीनमा ६ वर्षमा पहिलोपटक एप्पलको स्मार्टफोन बढी रुचाइएको हो।चीनमा एप्पलको सेयर तीन महिनायता २३ प्रतिशतले बढेको बताइएको छ । गतवर्ष सोही अवधिमा एप्पलको सेयर चीनमा १६ प्रतिशतले मात्र बढेको थियो ।

एप्पलले सामसङ, भिभो लगायतका स्मार्टफोन कम्पनीलाई पछाडी छोडेको हो । डिसेम्बर यता एप्पलले १२३.९ अर्ब अमेरिकी डलर कमाएको छ । अनुसन्धानअनुसार कोरोना महामारीका बेला मानिसहरुले धेरै इन्टरनेट चलाउन एप्पलको स्मार्टफोन र अन्य गजेटहरु प्रयोग गरेको उल्लेख गरिएको छ ।