भरतपुर महानगरको गल्तीले एउटा गैंडाको दुःखद निधन
चितवन: सडकको नाली बनाउँदाको खाल्डोमा परेर गैंडा मरेको छ । भरतपुर महानगरपालिका-९ गोन्द्राङमा पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेर अन्दाजी १२ वर्षको भाले गैंडा मरेको हो ।
नजिकैको वनदेवी सामुदायिक वनबाट भाग्ने क्रममा दिउँसो खाल्डोमा भासिएपछि निस्कन नसकेपछि मरेको हो । गोन्द्राङदेखि पुल्चोकधसमम ६ लेनको सडक विस्तारको लागि नाली बनाइएको हो । नाली बनिसकेको भए पनि खाल्डो नपुर्दा खसेर गैंडा खसेको हो ।
खाल्डो नपुरेपछि गैंडा खसेर मरेको हो । अर्को गैडासँग जुध्दा भागेको हुनसक्ने आशंका गरिएको छ । वनमा लगाइएको तार जाली भत्काएर बाहिर आएको थियो । ‘तारजाली भत्काएर बाहिर आएको हुनाले जुधेर भागेको हुनसक्ने आशंका हो, हामी अनुसन्धान गर्दैछौ ।,’ निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले भने, ‘खाल्डो पुरेको भएको गैंडा मर्थेन कि भन्ने देखियो । विकास निमार्णको काम संरक्षणमैत्री नभएको देखिएको हुँदा यसमा सचेत गराउँछौं । बाँकी हामी अनुसन्धान गर्छौं।’ उक्त क्षेत्र गैंडालाई सामुदायिक वनमा पोष्टमार्टम गरिएको छ । गैंडाको खाग र खुर निकालेर खाल्डोमा गाडिएको छ ।