मानव अधिकार तथा शान्ति समाजले मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न आग्रह

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई तत्काल पदबाट बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ । हालै रौतहटको गौरमा दिएको आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमा विपरित भएकाले बर्खास्त गर्न समाजले प्रधानमन्त्रीसमक्ष आग्रह गरेको हो ।

आज एक विज्ञप्ति जारी गर्दै समाजले मन्त्री यादवको अभिव्यक्ति लोकतान्त्रिक मर्यादाको खिलाफ रहेको समेत जनाएको छ। ‘आपराधिक मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधान मन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी सी के राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवम अशोभनीय गतिविधिको शान्ति समाजले निन्दा गरेको छ ।