एमाले अध्यक्ष ओलीको वक्तव्य- सरकार सबैतिर असफल (पूर्णपाठसहित)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण मुलुक गहिरो संङ्कटतिर धकेलिँदै गएको बताएका छन् । गठबन्धन दलहरुको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको ६ महिनाको समीक्षा गर्दै एमाले अध्यक्ष ओलीले मुलुक गहिरो संकटतर्फ फस्दै गएको बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले आइतबार विज्ञप्ति जारी गर्दै शक्ति पृथकीकरण र राज्यका अङ्गहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, कुटनीतिक सम्बन्ध र शान्ति सुरक्षाको अवस्था समस्याग्रस्त बन्दै गएको बताएका छन् । कोभिड महामारी विरुद्दको प्रतिकार्य झन लथालिंङ्ग भएको अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।