जोकोभिचले अष्ट्रेलियन ओपन टेनिस-२०२२ खेल्न नपाउने

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन खेल्न नपाउने निश्चित भएको छ । कोरोना भाइरसविरुद्धको खोप नलगाएका सर्वियाका जोकोभिचले अष्ट्रेलियामा बस्न पाउने मुद्दा हारेपछि उनको अष्ट्रेलियन ओपन खेल्ने सम्भावनाको अन्त्य भएको हो ।

अष्ट्रेलियाको संघीय अदालतले अष्ट्रेलिया सरकारको जोकोभिचको भिषा रद्द गर्ने निर्णयलाई सदर गरेको छ । अष्ट्रेलियाको सरकारले ३४ वर्षीय जोकोभिच सार्वजनिक स्वास्थ्यका लागि खतरा भएको तर्क गरेको थियो ।

जोकोभिचले सोमबार पहिलो खेल खेल्ने तालिका रहेको थियो । जोकोभिच अहिले मेलवर्नस्थित अध्यागमन हिरासत होटेलमा रहेका छन् र उनलाई डिपोर्ट गरिने जनाइएको छ ।

यस अघि पनि उनको भिषा रद्द गरिएको थियो तर उनले पहिलो पटक उक्त मुद्दा जितेका थिए ।