एमाले अध्यक्ष ओलीले बालकोटमै सुरु गरे कौसीखेती

काठमाडौ । आफ्नै पार्टीका नेताहरुले गरेको विरोध र असहयोगका कारण प्रधानमन्त्रीवाट वाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्गानिक कौसीखेती सुरु गरेका छन्। प्रधानमन्त्री निवास छोडेर नीजि निवास फर्किएका ओलीले कौसीखेती सुरु गरेका हुन् । ओलीले नीजि निवास बालकोटमा खेती सुरु गरेको बताइएको छ ।

मध्यपुर थिमिको जापानी प्रविधिको कम्पोस्ट मल प्रयोग गरेर निजी निवास बालकोटमा कौसीखेती सुरु गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। उनले कौसीखेती सुरु गर्दाका तस्बिर पनि सार्वजनिक भएका छन् । यता नेकपा माओवादी केन्द्रको महाधिवेशनले १५ दिन श्रम गर्नुपर्ने प्रस्ताव पास गरेकै बेला उता ओलीले भने आफुलाई कृषी कर्ममा जोडिसकेका छन् ।

नेपालमा धेरै राजनैतिक नेताहरु सतहबाट नै आएका छन् । राजनीतिको मूलधारमा आएपछि र लाभको पद लिएपछि उनीहरुको जीवनशैलीमा ब्यापक परिवर्तन आएको छ । यस्ता नेता मध्ये प्रचण्ड पनि एक हुन् । अहिले नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को अधिवेशन भर्खरै सकिएको छ ।

प्रचण्डले पेश गरिएको राजनीतिक प्रतिवेदनमा नेपाली परिवेशमा शान्तिपूर्ण प्रतिस्पर्धाबाट पनि समाजवादको आधार निर्माण गर्न सकिने उल्लेख छ । ‘नेपालमा आएको परिवर्तनको मौलिक विशेषताका कारण समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र कुनै परम्परागत संसदीय प्रणाली होइन, अपितु कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वमा स्थापित भएको समाजवादउन्मुख राजनीतिक प्रणाली हो । यही मूल विशेषताका कारण आजको नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ,’ प्रतिवेदनमा भनिएको छ ।

मार्क्सवादीहरूले सूचना प्रविधिमा क्रान्तिदेखि डिजिटल युगको प्रारम्भसम्म विज्ञानका विभिन्न क्षेत्रमा भएका आविष्कारहरूलाई आत्मसात् नगरीकन २१औँ शताब्दीमा समाजवाद निर्माणको कल्पना पनि गर्न सकिँदैन । तर, यहाँ विज्ञान–प्रविधि होइन, मानव र श्रम नै उत्पादक शक्ति हो । विज्ञान–प्रविधिको विकास मानिसहरूको श्रमकै उपज हो र यसको कमान्ड गर्ने मानिस नै हो ।

विचारको बहसका लागि भन्दै अध्यक्ष प्रचण्डले ’२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा दस्तावेज प्रस्तुत गरेका छन्। अब प्रचण्डसमेत कम्तिमा वर्षमा १५ दिन श्रममा जोडिनुपर्ने छ। उनले वर्षमा १५ दिन खेतबारीमा काम गर्नुपर्ने हुन्छ । के सांच्चै यो प्रतिवेदन पास भए प्रचण्ड खेतमा गएर कुटो कोदालो गर्लान ?

‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्लान् त रु चिल्लो गाडी छोड्न सक्लान् त ? काठमाडौंको रमझम छोड्न सक्लान् त रु भनेर पनि भन्ने गर्छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरूसँगै बस्न, मजदुरसँग खान, जनतामाँझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी पार्टी बनाउन, जस्तोसुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्नँ ।’