राष्ट्रियसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र, जसपा र लोसपाले उम्मेदवारको नाम टुङ्ग्याए

काठमाडौं । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। प्रचण्डले आज उम्मेदवारको टुंगो लगाएको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपांग अल्पसंख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

जसपाले सोमबार प्रदेश १ को अल्पसङ्ख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खादिल सिद्दिकीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जसपाले सोमबार प्रदेश १ को अल्पसङ्ख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट मो. खालिद सिद्दिकीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेता मनीष सुमनले जानकारी दिनुभयो ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा उम्मेदवारको नाम टुङ्ग्याएको छ । लोसपाका नेता सुरेन्द्रकुमार झाले सप्तरीका श्याम सरदार अन्य समूहबाट र महोत्तरीकी रुपाकुमारी यादवलाई महिला समूहबाट उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

यसअघि नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी पार्टीले पनि राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी टुङ्ग्याइसकेका छन् ।

आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । यसका लागि मङ्गलबार उम्मेदवार दर्ता हुँदैछ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ । आयोगको निर्वाचन कार्यक्रमबमोजिम राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि माघ १२ गते मतदान हुनेछ ।

राष्ट्रिय सभाको रिक्त हुन लागेको १९ सिटमा आज मनोनयन दर्ता हुँदै छ । माघ १२ गते निर्वाचन हुने कार्यतालिका छ । सत्तारुढ गठबन्धनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । त्यसका लागि उनीहरुले एमालेविरुद्ध मोर्चाबन्दी गरेर सिट संख्या भागबण्डासमेत गरिसकेका छन् ।