बेलायतबासी जगदिश गुरुङले रचना गर्नुभएको “तिमी फुल बनेर” बोलको गीत सार्वजनिक

लन्डन । पुरानो घर पर्यटकिय गाउँ स्याङ्जा शिरुबारी भई हाल बेलायत बस्दै आउनु भएका भुपु ब्रिटिश गोर्खा लाहुरे जगदिश गुरुङ्गले रचना गर्नुभएको “तिमी फुल बनेर” बोलको गीत पुष्कर सुनुवारको युट्युब च्यानलमा सार्वजनिक भएको छ । सर्बजनिक भएको केही घण्टामै गीत भ्युवरहरु पाँच हजार बढी पुगेको छ ।

आफ्नो रचनालाई गीत बनाएर सार्वजनिक गरेको पहिलो भिज्वेल रचना/गीत गुरुङले स्वोर्गिय पुज्यनिय बाबा भुवन बहादुर गुरुङ र स्वर्गिय मामातामयी आमाप्रति समर्पित गर्नुभएको छ भने गीतको निर्माता आफ्नो धर्मपत्नी सिमा गुरुङ रहेका छन । गीत अहिलेको चर्चित गायकद्वय प्रबिण बेदवाल र मामाता गुरुङ गाएका छन भने गीतको संगीत मिलाउने काम युट्युब च्यानलको संचालक तथा मालिक पुष्कर सुनुवार स्वयमले गर्नुभएको छ । गीतको अडियो भिडियो मेलोडी नेपालले निर्माण गरेका हुन । गीतको रेकर्ड मेलोडी नेपालमा गरिएको हो भने रेकर्ड तथा मिक्सिङ्ग स्वयम पुष्कर सुनुवारले गर्नुभएको छ । गीतको भिडियोमा गायकद्वय प्रबिण बेदवाल, मामता गुरुङ र रचनाकार जगदिश गुरुङले अभिनय गर्नुभएको छ । भिडियो इडिटिङ भने मोहन सुनुवार गर्नुभएको हो । गीत निर्माणको लागि रचनाकार जगदिश गुरुङको शसुरा; मामा नर बहादुर गुरुङ र साशु; माइजु धनमाया गुरुङले बिशेष सहयोग गर्नुभएको छ ।

सानै देखी साहित्यमा रुची राख्नुहुने गुरुङ ब्रिटिश गोर्खाहरुले निकाल्ने पत्रिका “पर्बते” अनि बिएफबीएस रेडियोको साहितिक कार्यक्रमहरुमा कबिता लेख्ने अनि बाचन गर्नेहुन्थ्यो । उहाले सन २००६ सालतिर आमाको आशिस भन्ने गीती एल्बम पनि निकालेको थियो । तर पछील्लो समय युट्युब मार्फत सार्वजनिक गरिएको यो गीत चाँही पहिलो हो । अहिलेको “तिमी फुल बनेर” भन्ने गीत भने इराकमा दोस्रो जागीरको क्रममा लेखेको र हाल आएर यसलाई संगीत भरेर मुर्त डिजिटल रुप गीत बनाउन सफल भएको कुरा खबर यूकेलाई जानकारी गराउनुभयो ।

यससंगै जगदिश गुरुङको अर्को रचनाको गीत अर्जुन पोखरेलको संगीतमा एक दुई सातामा सार्बजनिक हुँदैछ । विभिन्न कारणबस आफ्नो रचनाहरुलाई डिजिटल रुप दिन नसकिएतापनि पछिल्लो समय कामसँगै आफ्नो रचनाहरुलाई गीत (डिजिटल) बनाउने क्रममा छन गुरुङ । फलस्वरुप एक पछि अर्को (ब्याक टु ब्याक) गीतहरु निकाल्ने क्रममा हुनुहुन्छ ।

साहित्य: बिशेष गरेर गीत लेखन सँगै जगदिश गुरुङ समाजसेवी पनि हुन । यूके स्थित बिभिन्न नेपाली समाजहरुमा उहाँको संलग्नता रहेको छ । उहाँ क्वोने (घोताने/घोण्डे) गुरुङ समाज यूकेको कोषाध्यक्ष पनि हुनुहुन्छ । डिजिटल रुप दिएर सार्वजनिक गरेको आफ्नो पहिलो गीत “तिमी फुल बनेर” दर्शक श्रोताहरुको माया, साथ र सहयोग पाउने अपेक्षामा हुनुहुन्छ गुरुङ । साथै मन परेमा सामाजिक सन्जालहरुमा शेयर तथा प्रतिकृया दिनुहुन पनि अनुरोध गर्नुभएको छ ।