गुगललाई उछिन्दै टिकटक डटकम लोकप्रिय साइट

काठमाडौँ – टिकटक सन् २०२१ को लोकप्रिय एप बनेको छ । गुगललाई उछिन्दै यस वर्षको सर्वाधिक हेरिनेमा टिकटक डटकम पहिलो बनेको हो ।

टिकटकले युट्युब, फेसबुकलगायत धेरै लोकप्रिय सोशल मिडिया प्लेटफर्महरूलाई उछिनेको छ । गत वर्ष दोस्रो स्थानमा रहेकाे टिकटक यस वर्ष भने आफूलाई पहिलो स्थानमा ल्याउन सफल भएको हो। क्लाउडफ्लेयरको रिपोर्ट अनुसार टिकटक डटकमले गत वर्षको तुलनामा आफ्नो कार्यसम्पादनमा सुधार गरेको छ । छोटो भिडियो सिर्जना र सेयर गर्ने प्लेटफर्म २०२० मा दोस्रो नम्बरमा थियो। योसँगै गुगल डटकम, फेसबुक डटकम, माइक्रोसफ्ट डटकम र एप्पल डटकम क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

टिकटकले फेब्रुअरी २०२१ मा पहिलो स्थान लिएको थियो। यस पछि, यो वेबसाइट अगस्त २०२१ सम्म पहिलो स्थानमा रह्यो । तर, यसपछि गुगल डट कमले यसलाई उछिन्यो । रिपोर्टका अनुसार २०२१ मा अधिकांश समय टिकटक पहिलो स्थानमा रह्यो। गत वर्षको अन्त्यमा, टिकटक डटकम सातौं स्थानमा थियो ।

आफ्नो ब्लग पोस्टमा, क्लाउडफ्लेयरले ई-कमर्स वेबसाइट अमेजन डटकम छैटौं स्थानमा रहेको उल्लेख गरेको छ। जबकि नेटफ्लिक्स डटकम, युट्युब डटकम, ट्विटर डटकम र ह्वाट्सएप डटकम क्रमशः सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् । टिकटक बाहेक अन्य कम्पनीहरुको स्थान सूचीमा यो वर्ष घटेको छ भने २०२० मा टप टेनमा रहेको इन्स्टाग्राम सूचीबाट बाहिरिएको छ ।