हेलिकप्टर दुर्घटनामा निधन भएको रावतको भोली शुक्रबार अन्त्येष्टि

नयाँ दिल्ली- बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्वसेनाप्रमुख जनरल विपिन रावतको भोली शुक्रबार अन्त्येष्टि गरिने भएको छ । भारतीय वायुसेनाले ट्वीट गरेर सो जानाकारी दिएको हो । उनको शव आज विहीबार दिल्ली ल्याइदैछ ।

रावत चढेको भारतीय वायु सेनाको एमआई–१७भी५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरमा १४ जना सवार थिए । दुर्घटनामा जलेर गम्भीर एक घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

दर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले जनाएको छ । भारतीय सेनाका पूर्वप्रमुख रावत सन् २०२० को जनबरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए।

रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे बिहीबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ ।

रावतको अन्त्येष्टिमा सहभागी हुन बलाधिकृत रथी कार्की भारत जाँदै

भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत अन्त्येष्टिमा सहभागी हुन नेपाली सेनाका तर्फबाट बलाधिकृत रथी बालकृष्ण कार्की भारत जाने भएका छन् । रावतको भोलि (शुक्रबार) भारतको नयाँ दिल्लीमा अन्त्येष्टि गरिने भएको छ। नेपाली सेनाका अनुसार रावतको अन्तिम सम्मानमा सहभागी हुन नेपाली सेनाको प्रतिनिधित्व गर्दै बलाधिकृत रथी कार्की त्यहाँ जान लागेका हुन्।

शुक्रबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा विपीन राउत, उनकी पत्नीसहित १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो ।