एचआइभी संक्रमित पनि बेलायती सेनामा भर्ना हुन पाउने

लण्डनः संयुक्त अधिराज्य बेलायतले एचआईभी संक्रमण देखिएकालाई पनि आफ्नो सशस्त्र सैन्य बलमा भर्ना हुन अनुमति दिने भएको छ । एकपटक एचआइभी संक्रमण देखिएका र लामो समयसम्म शरीरमा सो भाइरस नरहेका संक्रमितलाई सैन्य बलमा भर्ना हुन अनुमति दिने भएको हो । बेलायतको रक्षा मन्त्रालयले बुधबार सो घोषणा गरेको हो । एकपटक एचआइभी संक्रमण भएका र सो संक्रमणबाट निको भएकाहरुलाई सन् २०२२ को सुरुवातदेखि नै बेलायती सेनामा भर्ना हुन अनुमति दिइने मन्त्रालयले बताएको छ ।

बेलायती सशस्त्र बलमा भएका एचआइभी संक्रमितलाई यसअघि मन्त्रालयले पूर्णरुपमा योग्यको सूचीमा नराख्ने बताएको थियो । ‘औषधि उपचारले क्रान्ति मच्चाइरहेको यस दुनियामा एचआइभी संक्रमितको पनि उपचार सम्भव भएकाले अब हामीले एकपटक संक्रमण देखिएका योग्य व्यक्तिहरुलाई सशस्त्र सैन्य बलमा भर्ना अनुमति दिने निर्णय गरेका हौ,’ सहायक रक्षामन्त्री लियो डोचेत्रीले भनेका छन् ।

भर्ती पछि एचआईभी संक्रमित भएका सैन्य कर्मचारीहरू पहिले नै सशस्त्र बलमा रहन सक्छन् – यद्यपि उनीहरूलाई पूर्ण रूपमा फिट नभएको वर्गीकरण गरिएको छ, जसलाई रक्षा मन्त्रालयले परिवर्तन गर्ने योजना बनाएको छ । समावेशी रोजगारदाताको नाताले हामीले नवीनतम र आधुनिक वैज्ञानिक प्रमाणहरूको आधारमा एचआईभी संक्रमण भएर निको भएकालाई पनि रोजगार दिने निर्णय गर्दैछौ, मन्त्री लियो डोचर्टीले भन्नुभयो । एचआईभीबाट सन्क्रमित सेवारत सैनिकको शरीरमा यदि भाईरसको स्तर पत्ता लगाउन नसकिने अवस्थामा पुगेमा उनीहरुलाई स्वस्थ मानेर वा वर्गीकृत गरेर सैन्य कार्यमा खटाउन सकिनेछन । त्यस्तै औषधी सेवन गरिरहेका र गरेका जसको शरीरमा एचआईभी भाईरसको स्तर नदिखिने वा पत्ता लगाउन नसकिने अवस्थामा छन भने त्यस्ता ब्यक्तिले पनि सैनिक सेवामा भर्ती हुन पाउनेछन ।

संयुक्त राज्य अमेरिकाले हाल एचआईभी भएका मानिसहरूलाई आफ्नो सशस्त्र बलमा सामेल हुन प्रतिबन्ध लगाएको छ, र HIV पोजिटिभ भएका व्यक्तिहरूलाई अफिसरको रूपमा कमिसन गर्न अनुमति नदिने नितीको कानुनी चुनौती सामना गरिरहेको छ । सही तरिकाले उपचार गरेमा एचआईभी संक्रमित व्यक्तिहरूको रगतमा भाइरसको मात्रा देखाउने वा पत्ता लगाउन नसकिने स्तरमा कम गर्न सकिन्छ, जसले गर्दा सन्क्रमितबाट भाइरस सर्ने सम्भावना न्युन हुन्छ ।

सरकारको यो निती परिमार्जन गर्ने योजनालाई राष्ट्रिय एड्स ट्रस्टले स्वागत गरेको छ र ट्रस्टको कार्यकारी देबोरा गोल्डले यसले सेनाको नितीलाई बढी समाबेसी बनाउने छ जुन यस अघि एचआईभी भएका मानिसहरूका लागि खुला नभएको एक मात्र क्यारियर क्षेत्र थियो ।