कोरोना संक्रमित प्रधानन्यायाधीश राणा सामान्य अवस्थामा, बारको आन्दोलन रोकियो
काठमाण्डौ । कोरोना संक्रमणपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । राणा कोरोना पोजेटिभ भएपछि सोमबार साँझ सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालका अनुसार राणाको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ । ‘उहाँ भर्ना हुँदा जस्तो अवस्थामा हुनुहुन्थ्यो, स्वास्थ्य उस्तै छ, सामान्य छ,’ अस्पतालका प्रमुख एसएसपी डा. रूपक महर्जनले सेतोपाटीसँग भने । राणालाई कोभिडविरूद्धका औषधी चलाउन थालिएको छ ।
प्रधानन्यायाधीश बिरामी भएपछि वकिलको नाराजुलुस रोकियो
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएर अस्पताल भर्ना भएपछि कानुन व्यवसायीले उनीविरुद्धको नाराजुलुस बन्द गरेका छन् । मंगलबार सर्वोच्च अदालतमा जम्मा भएर धर्ना कार्यक्रमलाई निरन्तरता दिए पनि उनीहरुले नारा जुलुस भने गरेनन् ।