एकातिर सर्वसम्मतिको प्रयास, अर्कोतिर भीम रावलको चुनावी प्रचार
चितवन : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलले चुनावी प्रचार सुरु गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तजबिजमा पदाधिकारी र सदस्यहरुको नामावली निर्वाचित गर्नका लागि तयार गरिरहँदा उपाध्यक्ष रावलले निर्वाचन केन्द्रीत गतिविधि सुरु गरेका हुन् ।
आइतबार बन्दसत्र हलबाहिर रावलले अध्यक्ष पदमा ‘मेरो उम्मेदवारी किन ?’ भन्दै ३१ पन्ने पर्चा नै प्रतिनिधिहरूलाई बाँडिरहेका छन् । यद्यपि स्वयंसेवकहरूले भने प्रतिनिधिबाट ती पर्चाहरू खोसिरहेका छन् ।
एमाले महाधिवेशन : बन्दसत्र दुई घण्टा सरेपछि देउडा नाच्दै प्रतिनिधि
नेकपा (एमाले)को दशौं महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र हुँदैछ। सर्वसम्मतिबाट नेतृत्व छनोट गर्ने भनिए पनि केही नेताले उम्मेदवारी दिने भएपछि बन्द सत्र केही समय पछाडि सारिएको छ ।
आइतबार बिहान १० बजे हुने भनिएको बन्द सत्र दुई घण्टा पछि सारिएपछि प्रतिनिधिहरूले सर्वसम्मतबाट छनोट गर्न दबाब दिँदै आएका छन् । कर्णाली प्रदेशका प्रतिनिधिहरुले देउडा नाचेर रमाइलो गरिरहेका छन् । उनीहरुले देउडा गीतबाट अध्यक्ष केपी शर्मा ओलीको समर्थन गरेका छन् ।