आशिक गुरुङ नेपाली काङग्रेस कास्कीको कान्छो महाधिवेशन प्रतिनिधि
पोखरा । पोखरा लेकसाइड निवासी युवा ब्यवसायी आशिक गुरुङ गत सोमबार सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधिको चुनाबमा कास्की क्षेत्र नं २ बाट जनजाति तर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । आशिक कास्कीका कान्छो महाधिवेशन प्रतिनिधि भएका छन । नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका आशिक गुरुङ जनप्रिय क्याम्पसका बर्तमान स्व.बि.यु. सभापति हुन् ।
३२ बर्षको उमेरमा महाधिवेशन प्रतिनिधि बनेका आशिक गुरुङ स्व.वि.यु. परिषद गण्डकी प्रदेशका सभापति समेत हुन् । पोखरा ७ बाट क्षेत्रीय प्रतिनिधि हुँदै १४ औँ महाधिवेशनमा होमिएका गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । गुरुङले आफुलाई मतदान गरेका सम्पुर्ण वडा इकाइ सभापति तथा क्षेत्रीय प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गर्दै आफू सदैब पार्टी र संगठनका निम्ति कर्मठशिल भएर अघि बढ्ने प्रतिबद्धता गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेता आशिक गुरुङ पोखरामा पर्यटन ब्यवसाय गर्दै आएका छ्न । अहिलेको बर्तमान समयमा राजनीति संगसंगै ब्यापार-ब्यवसाय पनि गर्नुपर्छ भन्ने गुरुङले पोखराको लेकसाइडमा होटल माउन्टेन टप तथा एल्डिटुड बार संचालन गर्दै आएका छन् ।