क्याप्टेन रिटायर्ड प्रेम बहादुर गुरुङद्वारा करिब १४ लाख रुपियाँ दान
बेलायत । पुरानो घर धम्पुस पोखरी भई हाल अल्डरसट यूके निवासी ८४ बर्षिय क्याप्टेन रिटायर्ड प्रेम बहादुर गुरुङले आफ्नो ८४ पूजाको शुभ अबसर पारेर बिभिन्न संघसंस्था, मठमन्दिर अनि गुम्बाहरुलाई करिब १४ लाख नेपाली रुपियाँ दान गर्नुभएको छ । धम्पुस पोखरी घोताने परिवार यूकेको प्रमुख सन्योजकतामा हिजो नोभेम्बर २१ तारिख २०२१ साल आइतबार अल्डरसट बुध्दिष्ट गुम्बा र एम्पायर हलमा भएको संयुक्त ८४ पूजा कार्यक्रममा दानबीर तथा समाजसेवी क्याप्टेन रिटायर्ड प्रेम बहादुर गुरुङले दान दिने कुरा जानकारी गराउनु भएको थियो ।
क्याप्टेन रिटायर्ड प्रेम बहादुर गुरुङज्यूको जन्म गण्डकी प्रदेश कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ धम्पुस पोखरी गाउँको एक्ले गहराको पुर्खेली घरमा बिक्रम सम्बत १९९६ भदौ महिनामा भएको थियो । आधारभूत शिक्षा गाउकै स्कुलमा प्राप्त गरेका गुरुङको औपचारिक शिक्षा भने इन्डियाको ककेरा माध्यमिक बिध्यालयबाट प्राप्त भएको थियो । गोरखपुरमा कक्षा ९ मा अध्ययनरत गर्दागर्दै साथीभाईको सरसल्लाहमा इस्वी सम्बत १९५८ मा ब्रिटिश सेना पगलिहावामा भर्ती हुनुभयो । 6GR पल्टनको पूर्व क्याप्टेन प्रेम बहादुर गुरुङ १९८३ साल ब्रुनाइबाट सेवा निब्रित्त हुनुभयो । गत सन २०१० देखी यता क्याप्टेन प्रेम बहादुर गुरुङ पत्नी मन कुमारी गुरुङको साथ यूके अल्डरसटमा बसोबास गरिरहनुभएको छ ।
सानै उमेरदेखि बिभिन्न सामाजिक संघसंस्थाहरुमा आबध्द भएर समाजसेवा गर्दै आइराख्नुभएका क्याप्टेन प्रेम बहादुर गुरुङले आफ्नो ८४ पूजाको बिशेष अबसर पारेर धम्पुस पोखरी घोताने परिवार यूकेद्वारा आयोजित विशिष्ट समारोहमा दान दिने जानाकारी धम्पुस पोखरी घोताने परिवार यूकेका अध्यक्ष गोलमान गुरुङले खबर यूकेलाई जानाकारी गराउनुभयो । पूजा कार्यक्रममा क्याप्टेनको श्रीमान श्रीमतीले उपस्थित परिवारजन र इष्टमित्रहरुलाई टीका लगाइ आशिर्वाद तथा दक्षिणा दिनुभएको थियो । साथै कार्यक्रममा सुन्दर प्रस्तुति देखाएका युवा पुस्ताका भाईबहिनीहरुलाई प्रसंसापत्रका साथै दक्षिणा पनि प्रदान गर्नुभएको थियो ।
८४ बर्षिय क्याप्टेन रिटायर्ड प्रेम बहादुर गुरुङ तथा श्रीमती मन कुमारी गुरुङले निम्न संघसंस्थाहरुलाई दान दिने भएका छन-
Donation list for UK:
- Dhampus Pokhari Ghotane Pariwar UK – £500
- Dhampus Pokhari Ghotane Pariwar UK (Chelibeti) – £500
- Dhampus pariwar UK – £500
- Dhampus Pariwar UK (Chelibeti) – £500
- Konme/Ghotane/Ghonde Samaj UK – £200
- Dimond Buddhist Centre UK – £200
- Buddhist Community Centre UK – £500
- Tamu Dhee UK – £500
- Buddhist Gumba Reading UK – £1005
Donation list for Nepal:
- Dhampus Pokhari Ghotane Pariwar (Nepal) – Rs 25,000
- Dhampus Pokhari Ghotane Pariwar Aama Samuha (Nepal) – Rs 25,000
- Dhampus Pokhari Ghotane Pariwar Chelibeti (Nepal) – Rs 25,000
- Shree Sita Baraha Aayar Bhayer Mandir (Dhampus Pokhari) – Rs 25,000
- Ngyo (Aal Dada) Park (Dhampus Pokhari)- Rs 50,000
- Tamu Dhee Nepal- Rs 25,000
- Bagar Samaj- Rs 25,000
- Bindhyabasini Mandir Pokhara – Rs 20,000
- Shivalaya Mandir Mulpani (Dhampus) – Rs 60,000
- Sahara Club Pokhara Academy – Rs 50,000
- Sukhavati Buddha Gumba Gai Ghat Pokhara – Rs 50,000
- Buddha Arghun Sadan Pokhara – Rs 50,000
- Deep Gumba – Rs 50,000
- Gopal Gumba – Rs 25,000
- Gupta Gumba – Rs 25,000
- Yamdi Gumba – Rs 25,000
- Paaudur Gumba – Rs 25,000