पोखरेली मंच यूकेको वार्षिक कार्यक्रमहरु सार्वजनिक, २९ जनवरीमा च्यारिटी डिनर
लण्डन । बेलायतबासी पोखरेलीहरुको साझा संस्था पोखरेली मंच यूकेले संस्थाको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । मंचको अध्यक्ष मान प्रसाद गुरुङको अनुसार हिजो १४ नोभेम्बर २०२१ साल आइतबर कार्यसमितिको भर्च्युल बैठकले अगामी कार्यक्रमहरु तय गरिएको कुरा अध्यक्ष गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ ।
अध्यक्ष गुरुङको अनुसार अगामी बर्षको पहिलो तथा महत्वपूर्ण कार्यक्रम- पोखरा म्यारथन सहयोगार्थ “परोपकारी रात्रीभोज” जनवरी २९ तारिख २०२२ साल शनिबार बेजिङस्टोकमा गरिने कुरा जानकारी गराउनुभएको छ । त्यस्तै अर्को महत्वपूर्ण कार्यक्रममा मंचको (संस्थाको) अधिबेशन मार्च २६ तारिख २०२२ साल शनिबार बेजिङस्टोकमा हुने भएको छ । हिजोको कार्यसमिति बैठकले नयाँ कार्यसमिति चयन गर्न सम्पादक तथा गीतकार एकेन्द्र गुरुङ प्रमुख निर्वाचन आयुक्त रहेको चार सदस्य निर्वाचन समिति बनाउने निर्णय गरेको छ । निर्बाचन समितिमा एक पुन, बिक्रम भट्टराई र प्रेम बिक सदस्य रहेका छन ।
त्यस्तै बैठकले मेजर श्रीखुशीमान गुरुङ्ग एमभिओ (वेल्स) प्रमुख रहेको सदस्य द्वय- हरि कुमार गुरुङ्ग (काजी) तथा हरि श्रेष्ठ सहितको तीन सदस्य बिधान समिति पनि बनाएको छ । बैठकको अर्को महत्वपूर्ण निर्णयमा मेजर खुशीमान गुरुङ्ग एमभिओ (वेल्स) संयोजक तथा सदस्य सचिव लाल प्रसाद गुरुङ्ग रहेको खेलकुद अक्षयकोष समिति गठन गर्ने निर्णय पनि गरेको छ । साथै बैठकले मेजर लक्ष्मीप्रसाद गुरुङ्ग एमभिओलाई पोखराको लागि बिशेष सल्लाहकारमा मनोनित गरेको छ ।
बैठकको अध्यक्षता अध्यक्ष स्वयम मान प्रसाद गुरुङले गर्नुभएको थियो भने बैठकमा पोखरेली मंच यूकेको आजीवन सदस्य तथा सहारा यूकेको महासचिब स्वर्गिय धनु थकाली गुरुङ र पोखरेली मंच युकेको उपाध्यक्ष श्रीमती अम्बिका खडकाका पिता स्वर्गिय श्री डम्बर बहादुर केसीको सम्झना र शोकमा एक मिनेट मौनधारण गरिएको थियो ।
पोखरेली मंच यूकेको बार्षिक कार्यक्रमहरुको तालिका यस प्रकार रहेका छन-
१- पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहयोगार्थ परोपाकारी रात्री भोज कार्यक्रम, २९ जनवरी २०२२ साल शनिबार, बेजिङ्गस्टक
२- पोखरेली मंच युकेको अधिवेशन, २६ मार्च २०२२ साल शनिबार, बेजिङ्गस्टक
३- नेपाली नयाँ वर्ष दौड, १६ अप्रिल २०२२ साल शनिबार, बेजिङ्गस्टक
४- नेपाल कप T20 क्रिकेट, २ र ३ जुलाई २०२२ साल शनिबार आइतबार (आनुमानित मिति), रिडिङ्ग
५- हाइक फर नेपाल इन वेल्स, ४-७ अगस्ट २०२२ साल (चार दिने फेमिली हाईकिङ्ग एन्ड क्याम्पिङ्ग), वेल्स
पोखरा म्यारथनको प्रमुख साझेदारी तथा हाइक फोर नेपाल इन वेल्स प्रत्येक बर्ष आयोजना गरेर पोखराको पर्यटन प्रबर्ध्दनमा र पोखरालाई चिनाउने काम गरिरहेको बेलायतमा सबैभन्दा सकृया नेपाली संस्था पोखरेली मंच यूके हो ।