क्वोने समाज यूकेले संरक्षकहरु र सल्लाहकारहरुलाई गर्यो सम्मान
लण्डन । बेलायतमा पछिल्लो समय निक्कै प्रगती गरिरहेको संस्था क्वोने (घोताने/घोण्डे) गुरुङ समाज यूकेले गत सेप्टेम्बर महिनामा सम्पन्न तेस्रो महाधिबेशन तथा ७ औ साधारण सभाले समाजको संरक्षकमा नियुक्त गरेका ब्यक्तित्वहरु र गत महिनाको जूम बैठक मार्फत सल्लाहकारमा नियुक्त हुनुभएका दाज्युभाइहरु तथा चेलीबेटीहरुलाई हिजो नोभेम्बर १४ तारिख २०२१ साल आइतबार अल्डरसट एम्पायर हलमा कार्यक्रम आयोजना गरी सम्मान गरेका छन ।
कार्यक्रममा तीन जना संरक्षकहरु- यूकेमा क्वोने (घोताने/घोण्डे) गुरुङ समाज स्थापना गर्न संयोजकको महत्वपूर्ण निर्बाह गर्नुभइ बिशेष सहयोग गर्नुहुने क्याप्टेन जीवन कुमार गुरुङ, क्वोने (घोताने/घोण्डे) गुरुङ समाज यूके स्थापना गर्ने प्रमुख ब्यक्तित्वहरु मध्ये एक संस्थापक अधक्ष्य नरजङ गुरुङ र दोस्रो कार्यसमितिको सफल अधक्ष्य तथा समाजसेवी अनेरी लेउटिनेन्ट चन्द्र गुरुङलाई बर्तमान कार्यसमिति तथा चेलीबेटीहरुले उहाँहरुको योगदानको उच्च कदर र सम्मान गर्दै बधाई तथा सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा क्वोने (घोताने/घोण्डे) गुरुङ समाज यूकेको स्थापनाकालदेखि हालसम्म बिशेष सहयोग र सल्लाहसुझाब दिईरहनु भएका ८२ जना दाज्युभाइहरु तथा चेलीबेटीहरुलाई सल्लाहकारको रुपमा सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा तमु धि यूकेको परोपकारी रात्रीभोज कार्यक्रममा आदर्श तमु २०२१ बाट सम्मानित हुनुहुने क्वोने (घोताने) भाईखलक द्वय – समाजको उपाध्यक्ष तथा सहारा यूकेको अध्यक्ष कुमार गुरुङ र अर्का भाईखलक समाजसेवी टेक बहादुर गुरुङ र कार्यसमिति सदस्य बुहारी यसोधा गुरुङलाई पनि समाज र चेलीबेटीहरुले सम्मान गर्नुभएको थियो । त्यस्तै क्वोने (घोताने/घोण्डे) गुरुङ समाज यूकेको चेली तमु धिं यूकेको बर्तमान अध्यक्ष्य हितकाजी गुरुङको श्रीमती प्रथम महिला श्रीमती सीता गुरुङलाई पनि सम्मान गरेको थियो । त्यस्तै अर्को क्वोने (घोताने/घोण्डे) गुरुङ समाज यूकेको चेली समाजको बरिष्ठ सल्लाहकारी श्रीमती नन्द कुमारी गुरुङलाई पनि उत्कृष्ट लेख तथा रचनाहरु प्रकाशन गर्नुभएकोमा सम्मान गरिएको थियो । अर्का घोताने चेली संस्थापक चेलीबेटी प्रमुख तथा गैर आवसीय नेपाली संघ यूकेको निबर्तमान अधक्ष्य श्रीमती पुनम गुरुङलाई पनि बेजिङस्टोक अफ्रिकन क्यारेबियन क्याथोलीक एसोशियसन (बीएसीसीए)को आह्वानमा हरेक वर्ष मनाइने ब्ल्याक हिस्टोरी मन्थबाट प्रदान गरिने अवार्ड कम्युनिटी अचिभर अवार्डबाट सम्मानीत हुनुभएकोमा दाज्युभाइ तथा दिदीबहिनिहरुले बधाई तथा सम्मान गरेको थियो ।
कार्यक्रममा समाजको अगामी कार्यक्रमहरुबारे केही छलफल तथा निर्णयहरु गरिएका छन । समाजले अर्को बर्ष जनवरी महिनामा हुने समाजको वार्षिक भेटघाट तथा चेलीबेटी भातखुलाई कार्यक्रममा प्रथम नेपाल स्टार बन्न सफल हुनुभएका घोताने चेली एलिना गुरुङलाई कार्यक्रममा ल्याउने निर्णय गरेको छ । त्यस्तै वार्षिक भेटघाट तथा चेलीबेटी भातखुलाई कार्यक्रमको लागि संयोजकमा भाईखलक सान्त गुरुङलाई नियुक्ती गरेको छ ।
कार्यक्रममा समाजको बिशेष सल्लाहकारहरु काउन्सिलर तथा निबर्तमान उपमेयर लक्ष्य गुरुङ, गैर आवसीय नेपाली संघ यूकेको निबर्तमान अधक्ष्य घोतानेको चेली पुनम गुरुङ लगायत पोखरेली मन्च यूकेको अधक्ष्य मान प्रसाद गुरुङको उपस्थित रहेको थियो । कार्यक्रममा क्वोने (घोताने/घोण्डे) गुरुङ समाज यूकेको चेलीबेटी प्रमुख समाजसेवी श्रीमती चन्द्रदेबी गुरुङले चेलीबेटीको तर्फबाट बिभिन्न कुराहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सधैंको जस्तो समाजको महासचिब तथा खबर यूकेको संस्थापक सदस्य ईन्द्र घोथानेले सन्चालन गर्नुभएको थियो ।
स्मरण रहोस्- गुरुङहरुको बिभिन्न उपथरहरु मध्ये प्रमुख थर मानिने क्वोने (घोताने/घोण्डे) गुरुङहरुको सन्ख्या बेलायतमा उल्लेख्य रुपमा रहेका छन । त्यस्तै गुरुङहरुको प्राय संस्थाहरुमा यीनै क्वोने (घोताने/घोण्डे) गुरुङहरुले नेत्रित्व लिइरहेका छन । परापुर्ब कालदेखि गुरुङ गाउँघरमा क्वोने (घोताने/घोण्डे) गुरुङहरुले जिम्मल तथा मुखियाको भूमिका गर्दै आइरहेको ईतिहास भेटिन्छन् ।