उपन्यासकार क्षेत्रीलाई भारतको सर्वोच्च सम्मान ‘पद्मश्री पुरस्कार’ प्रदान

दिल्ली । नेपाली साहित्यका प्रख्यात आख्यानकार लीलबहादुर क्षेत्रीले भारतको सर्वोच्च सम्मान ‘पद्मश्री पुरस्कार ’ प्राप्त गरेका छन् । हिजो राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति रामनाथ कोविन्दले पुरस्कार प्रदान गरे ।

उपन्यासकार क्षेत्री साहित्य र शिक्षामा योगदान दिएवापत् भारतको सर्वोच्च नागरिक सम्मान प्राप्त गर्ने पूर्वोत्तर भारतका पहिलो नेपाली भाषी हुन् ।

क्षेत्रीद्धारा लिखित ‘बसाइँ’ उपन्यास महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि सबैभन्दा धेरै बिक्री भएको पुस्तक हो भने संसारको विभिन्न विश्वविद्यालयको पाठ्यक्रममा समावेश छ ।

अभिनेत्री कङ्गना रनौत र फिल्म निर्देशक करन जोहरले पनि आज पद्मश्री सम्मान प्राप्त गरेका छन ।