सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण

न्यूयोर्क : सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू ल्याङ्गोन हेल्थमा गरिएको शल्यक्रिया सफल भएको हो ।

‘ब्रेन डेड’ भएकी एक महिलामा ५४ घण्टाको प्रयासमा मिर्गौला प्रत्यारोपण गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ । प्रत्यारोपण गरिएको सो मिर्गौलाले सामान्य रूपमा काम गरिरहेको शल्यक्रियाको नेतृत्व गरेका डा. रोबर्ट मोन्टगोमेरीले बताएका छन् । उनले मिर्गौलाबाट अपेक्षाकृत पिसाब बनाएको रोयटर्सलाई बताएका छन् ।

यो सफलता चिकित्सा विज्ञानमा कोसेढुङ्गा साबित हुन सक्ने बताइएको छ। यसले अङ्ग प्रत्यारोपणमा अङ्ग अभावलाई पूर्ति गर्ने विश्वास लिइएको छ । यद्यपि यो चिकित्सा विज्ञानमा राम्रो सफलता भएपनि कतिपयले भने नैतिकताको प्रश्न पनि उठाएका छन् ।