बेलायतले नेपाललाई रेड लिष्टबाट हटायो, पूर्ण खोप लगाएकाले क्वारेन्टाइन बस्नु नपर्ने

लन्डन । नेपाल लगायत थुप्रै देशलाई बेलायतले रेड लिष्टबाट हटाएको छ । हिजो बिहीवार बेलायत सरकारले नयाँ अपडेटेड देशहरुको सुची प्रकाशन गर्दै नेपाल लगयात थुप्रै देशहरुलाई रेड लिस्टबाट हटाएको छ । अब कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी गरी ७ वटा देश मात्र अब रेड लिस्टमा रहेका छन ।

नयाँ अपडेटेड देशहरुको सुची हिजो प्रकाशन गरेता पनि यसको लागु भने आगामी सोमबार बिहान ४ बजेबाट लागु हुनेछ । यसबाट बिशेष गरेर रेड लिस्टबाट आउने यात्रुहरुले भोग्नु परेको अनिबार्य १० दिने महँगो होटेल क्वारिन्टाइन बस्नुपर्ने छैन । तर, यूके आउने यात्रुले पूर्ण खोप लगाएको (दुबै डोज खोप लगाएको) प्रमाण भने पेश गर्नुपर्नेछ ।

रेड लिस्टबाट हटेका देशका यात्रुहरुले अब बेलायत आउँदा वा भ्रमण गर्दा कोभिडबाट सुरक्षित रहन बेलायत सरकारले लगाएको विभिन्न प्रतिवन्धहरु पालना गर्नुपर्नेछैन ।

रेड लिस्ट देशबाट नेपाललाई हटाएपछि यूकेमा बसोबास गरिरहेका नेपालीहरुलाई धेरै फाईदा भएको प्रायले महसुस गरेका छन । बिशेष गरेर अहिले चाडबाडको समयमा नेपाल गएकाहरु फर्किदा ठुलो राहत मिल्नेछ । त्यस्तै, बिभिन्न सेसनको लागि अनिबार्य बेलायत आइपुग्नै पर्ने विद्यार्थीहरुलाई पनि यसबाट ठुलो राहत मिल्नेछ, यसअघि होटेल क्वेरन्टिनको लागि उनीहरुले चर्को शुल्क तिर्नुपर्ने थियो ।

कतिपय यूकेबासी नेपालीहरुले दसैं तिहारको बेला नेपाल जाने योजना बनाए पनि रेड लिस्टमा भएकै कारण आफ्नो यात्रा स्थगित वा रध्द गरेका थिए, अब भने केही राहत मिलेको छ ।

यसअघि रेड लिष्टमा रहंदा यूकेका नागरिक र यहाँकै रेसिडेन्स पर्मिट हुनेलाई मात्र खुला राखिएको बेलायतमा अब भने पर्यटक र अन्य भिजिटर पनि आउन पाउनेछन् ।

नेपाललाई रेड लिस्ट देशबाट हटाउन यूके स्थित बिभिन्न नेपाली संस्थाहरु र ब्यक्तिगत रुपमा पनि अनुरोधहरु गरिएका थिए ।

बेलायत सरकारले पुनार्बलोकन गरेको नयाँ सुची हेर्न तल क्लिक गर्नुहोस्-

Red list of countries and territories – GOV.UK (www.gov.uk)