लुम्बिनीलाई प्रबर्ध्दन गर्न बुध्द फाउण्डेसन यूकेद्वारा अनुरोध
लण्डन । बुध्द फाउण्डेसन यूकेद्वारा भगवान गौतम बुध्द र उहाँको जन्मस्थल लुम्बिनीको प्रबर्ध्दनका निम्ति नेपाली राजदुताबास लण्डन मार्फत नेपाल सरकार तथा सम्बन्धित मन्त्रालय अनि निकायहरुलाई अनुरोध गरिएको छ । बुध्द फाउण्डेसन यूकेको अधक्ष्य सफल ब्यवसायी, समाजसेवी तथा एनआरआरए अभियान्त दीपक श्रेष्ठले खबर यूकेलाई जानकारी गराए अनुसार हिजो अक्टोबर १ तारिख २०२१ साल शुक्रबार नेपाली राजदुताबास लण्डनमा गएर प्रबर्ध्दनको निम्ति उक्त अनुरोध पत्र बुझाइएको हो ।
पत्रमा नेपालीहरुको आस्था अनि गौरबको धरोहर, शान्तिको अग्रदुत भागवान गौतम बुध्दको जन्मस्थान लुम्बिनीलाई देशबिदेशमा प्रबर्ध्दन गर्न र लुम्बिनी क्षेत्रको संरक्षण तथा सम्बर्ध्दन गर्न अनुरोध गरिएको छ । बेलायतमा लुम्बिनीको प्रबर्ध्दन गर्न बुध्द फाउन्डेसन यूकेले लण्डनमा बिभिन्न कार्यक्रमहरु गरिरहेको र यस्तै किसिमले अन्य देशहरुमा पनि प्रबर्ध्दन गर्न नेपाल सरकारले आवश्यक पहलकदमी अगाडि बढाइदिनुहुन आग्रह गरिएको छ ।
राजदुत लोकदर्शन रेग्मी तथा दुताबासको उपनियोग प्रमुख रोशन खनालको उपस्थितीमा बुध्द फाउन्डेसन यूकेका पदाधिकारी तथा चितवन एड यूकेको निबर्तमान अधक्ष्य जीवन सेन सहितको उपस्थितीमा उक्त अनुरोध पत्र हस्तन्तरण गरिएको थियो ।