धन किरण गुरुङको “किन हो किन” म्युजिक भिडियो सार्वजनिक
लन्डन । बेलायतमा नेपाली मुलको प्रथम काउन्सिलर गायक तथा गीतकार धन किरण गुरुङले आफ्नो श्रीमती अल्का गुरुङको नामबाट “किन हो किन” भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ । बेलायतमा आफ्नै प्रोडक्सन हाउस खोलेर बिभिन्न गीत संगीत पस्किदै आइराख्नु भएका गायक तथा गीतकार धन किरण गुरुङले प्रभु गुरुङको निर्देशनमा “किन हो किन” भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
लामो समय देखि गीत संगीतमा सङ्लग्न धन किरण गुरुङले पछिल्लो समय आफ्नै डिजी प्रोडक्सन हाउस खोलेर स्रोता र दर्शकहरु माझ बिभिन्न किसिमका गीत संगीत पस्किरहेका छन । यसै क्रममा हिजो अक्टोबर २ तारिख २०२१ साल शनिबार एक कार्यक्रम आयोजना गरेर “किन हो किन” भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
केन्ट, डोभर क्यासल, त्यस वरपरको रमणिय स्थानहरुमा छायांकन गरेको गीतमा आशिक गुरुङ र सुब्रिना लिम्बुले अभिनय गरेका छन । म्युजिक भिडियोको निर्देशन प्रभु गुरुङले गरेको छ । प्रभु गुरुङ बेलायतमा उदाउँदो नेपाली निर्देशक हुन, अत्यन्तै आकर्षक नृत्य गर्ने प्रभु सयपत्री नृत्य ग्रुप यूकेको पूर्व निर्देशक पनि हुन । कोरियोग्राफरमा पनि उत्तिक्कै दख्खल राख्ने प्रभुको उक्त म्युजिक भिडियो हेर्दा प्रभुको खुबी स्पष्ट देखिन्छ ।
गीत स्वयम धन किरण गुरुङ र दिपा लामा राइले गाएका हुन भने गीतको रचना तथा संगीत भर्ने काम पनि स्वयम धन किरण गुरुङले नै गरेका हुन । गीतको एरेन्ज सुरथ प्रधानले गरेका हुन भने मिक्सिङ तथा मास्टरिङ्ग सुमन खड्काले गरेका हुन । गीतको रेकर्डिस्ट कलाकार आशिक गुरुङ र सुरथ प्रधान हुन भने गीतलाई डिजी प्रडोक्सन यूके र सुर संगम स्टेडियो नेपालमा रेकर्ड गरिएको हो । गीतको मेकअप अर्टिस्ट चाँही पुष्पा गुरुङ हुन ।
म्युजीक भिडियो सार्वजनिक कार्यक्रममा एनआरएनए यूकेको अध्यक्ष प्रेम गाहा मगर, तमु समाज केन्टको अध्यक्ष श्रीमती राजदेबी गुरुङ र पूर्व अध्यक्ष शोभराज घोताने गुरुङको पनि उपस्थित हुनुहुन्थ्यो । त्यस्तै तमु धिं यूकेको पूर्व अध्यक्ष ज्ञाम गुरुङको र धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्ष गोलमान गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा धन किरण गुरुङको ब्रिटिश मित्रहरु, कान्सिलर पिटर र बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु पनि उपस्थित हुनुहुन्थ्यो ।
स्मरण रहोस्, धन किरण गुरुङ समाजसेवी पनि हुन, उहाँकै संयोजकतामा केन्टमा गोरखा मेमोरियल स्ट्याचु पनि स्थापना गरिएको छ । तर पछिल्लो समय उहाँहरु सपरिवार संगीत क्षेत्रमा बढी कृयाशील हुनुहुन्छ ।