तमु धिं लण्डन एकाईद्वारा एक लाख पच्चीस हजार छात्रवृत्ति प्रदान

लण्डन । बेलायतको सबैभन्दा ठुलो र पुरानो प्रतिष्ठित जातीय संस्था तमु धिं युकेको लण्डन एकाईले स्थापना भएको १४औ वार्षिकउत्सब पारेर नेपालमा रहेको अर्को कल्याणकारी संस्था तमु सांस्कृतिक प्रतिष्ठान मार्फत एक जना गरीब तर जेहेन्दार बिद्यार्थीलाई उसको शिक्षण खर्चको लागि एक लाख पच्चीस हजार रुपैयाँ छात्रवृत्ति प्रदान वा प्रायोजन गर्ने निर्णय गरेको छ ।

तमु धिं लण्डन एकाईको महासचिब रक (बिशाल) गुरुङको अनुसार तमु धिं यूके लण्डन एकाई १४औं बर्ष पुरा भएको शुभ अवसरमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको “ऊच्च शिक्षा हाम्रो लक्ष्य” भन्ने नारालाई मनन गरि तमु धिं यूकेलाई साथ दिदै प्रतिष्ठानलाई उक्त छात्रवृत्ति प्रदान वा प्रायोजन गर्ने निर्णय गरेको कुरा जानकारी गराउनु भयो । साथै महासचिब रक (बिशाल) ले आगमी दिनहरुमा पनि यसरि नै निरन्तर मानब सेवा गर्दै अगाडी बढ्ने प्रतिबध्दता ब्यक्त गर्नुभयो ।

तमु धिं लण्डन एकाई

तमु धिं यूके लण्डन एकाई ३० सेप्टेम्बर २००७ सालमा स्थापना गरिएको थियो र स्थापनाकालदेखी तमुहरुको (गुरुङहरुको) संस्कृति, परम्परा, रिति रिवाज र आफ्नो पहिचानलाई संरक्षण तथा सम्बर्द्धन गर्दै आइरहेको छ । सधैं आफ्नो सदस्यहरुको हकहित र उन्नतिमा लागिपरेको यस संस्थाले सदस्यहरुको दु:ख पिडाहरुमा आवस्यक सहयोग गर्दै आइरहेको छ । तमु धिं यूकेको प्रमुख एकाईको नाताले यूकेमा मात्र नभइ नेपालमा पनि आबश्यक परोपकारी कार्यहरु गर्दै आइरहेको छ ।

माउ संस्थासँग हातेमालो गर्दै र कतिपय समयमा छुट्टै तरिकाले नेपालमा दुख पिडामा परेकाहरुलाई मानबिय सेवाहरु गर्दै आइरहेको छ । नेपालमा आइपरेका विभिन्न बिपत्तीहरु- भुकम्प, बाढी र अन्य प्राकृतिक प्रकोप पर्दा एकाईले सहयोग गर्दै आइरहेको छ । साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि तमु धिं लण्डन एकाईले उल्लेखनिय सहयोगहरु पुर्याउदै आइरहेको छ ।