राष्ट्रिय सभामा सभामुखको राजीनामा मागियो
काठमाडौं । पार्टीले कारवाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरी कारवाही नगरेपछि प्रमुख प्रतिपक्ष एमालेले सभामुखको राजीनामा माग गरेको छ । मंगलबार राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा दिएर बैठकलाई अघि बढाउनुपर्ने माग राखेका हुन् । उनले भने, ‘कुर्सीको गरिमा जोगाउनुपर्छ । तत्काल उहाँले एउटा निकास दिनुपर्छ भनेका छौं, त्यो भनेको राजीनामा हो ।’
गैर सांसदलाई सदनमा सभामुखले बस्न अनुमति दिएकोमा सांसद श्रेष्ठले विरोध जनाएका छन् । कारवाही गरेको सूचना टाँस नगर्नु संविधान रक्षाविपरीत रहेको पनि उनको भनाइ छ । यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद सरिता गिरी, माओवादी सांसदहरू लेखराज भट्ट, प्रभु साह, गैरिशंकर चौधरी र टोपबहादुर रायमाझीलाई कारवाही गर्न सिफारिएस गरिएको पत्र पाएलगत्तै कारवाही गर्ने सभामुखले एमालेका सांसद कारवाही परेको सूचना नटाँसेकोमा विभेद गरिएको श्रेष्ठले बताए । साथै, सभामुख सापकोटाले राजीनामा नदिए वा सूचना नटाँसे सदन चल्न नदिने उनले बताए । एमाले सांसदको विारेधसँगै अर्को बैठक बिहीबार २ बजे बस्नेगरी स्थगित भएको छ ।
यसअघि एमालेको विरोधका बीच विनियोजन विधेयक राष्ट्रिय सभामा पेस भएको छ ।