कास्कीको पर्यटकिय गाउँ ताङतिङमा मितेरी संघ यूकेको नयाँ कार्यसमिति गठन
थमन गुरुङ, भुपु सचिब ताङतिङ युवा क्लब ।
भदौ ३१ गते । कास्कीको पर्यटकिय गाउँ ताङतिङ मितेरी संघ यूकेको नयाँ कार्यसमिति गठन गरिएको छ । मादी गाउँपालिका वडा नं.-२ ताङतिङको माखु स्थित सामुदायिक सभाहलमा ताङतिङ समाज यूकेको अधक्ष्य तथा निबर्तमान उपमेयर काउन्सिलर लक्ष्य गुरुङको प्रमुख अथिती र उपस्थितीमा नयाँँ कार्यसमिति गठन गरिएको हो ।
गाउलेहरु; आमा समुह तथा युवाहरुको उल्लेख्य उपस्थितीमा ताङतिङ गाउँको बिकास र गाउलेहरुको जीवनस्तर उकास्न ताङतिङ मितेरी संघ यु.के.सँगको सम्बन्धलाई अझ कसरी बढी चुस्ता, प्रगाढ र निरन्तरता दिन सकिन्छ भन्ने बिषयमा प्रमुख छलफल गरिएको थियो । कार्यक्रमको मुल उध्देश्य- दुई संघ विच भएका र अब हुने कार्यक्रमहरु योजनाहरु कार्यन्वयन के कसरी प्रभावकारी बनाउदै सफल बनाउन सकिन्छ भन्ने थियो । कार्यक्रमका प्रमुख अतिथी; हाल नेपाल भ्रमणमा रहनुभएका ताङतिङ समाज यूकेको अधक्ष्य लक्ष्य गुरुङले करिव १४ वर्ष अघि सन् २००७ (वि.सं. २०६४) मा स्थापित ताङतिङ मितेरी संघ यु. के.ले ताङतिङको लागि थुप्रै सहयोगहरु गरिसकेको, गरिरहेको र सम्बन्धलाई चुस्ता बनाउन सक्यौ भने भबिष्यमा अझ बढी सहयोगहरु आदनप्रदान गर्न सकिन्ने कुरा ब्यक्त गर्नुभयो । उहाँले ताङतिङ मितेरी संघले गरेको प्रमुख सहयोगहरु; जस्तै- ताङतिङ शिशु स्यहार केन्द्र, बिद्यार्थीहरुलाई छात्राबृत्ती, पर्यटन प्रवर्द्धनको लागि सहयोग, ताङतिङ चैत्र मेलामा पुरस्कार प्रायोजन, स्वास्थ्य सिविरहरु, विकासका विभिन्न योजनाहरुमा सहयोग, ताङतिङ गाउँका सदस्यहरुलाई (नर्स, शिक्षक तथा अधक्ष्य) यु के भ्रमणको लागि प्रायोजक, एकल महिला तथा पुरुष र दु:ख बिमार परेका गाउँलेहरुलाई आर्थिक सहयोग, स्वास्थ्य सामाग्री तथा कोभिडको समयमा क्वारिन्टिनको निर्माणको लागि सहयोग जस्ता थुप्रै सहयोग गरिसकेको कुरा स्मरण गराउनुभयो ।
कार्यक्रममा प्रमुख अथिती गुरुङले विशेष गरि वेरोजगार तथा पौरखी युवा प्रोत्साहनको लागि मितेरी संघ यु के (Tangting twining association UK) को तर्फबाट भावी प्रस्तावनाहरु जस्तै- TTA ले गाउँमा पहिले नै खरिद गरेको दुइवटा घर मध्ये सुजि घरलाई home stay र अर्को घरलाई गुरुङ संग्राहलय बनाउने सम्बन्धमा, गाउलेहरु; बिशेष गरेर ढ्रिड इछ्या/संकल्प भएका युवाहरुको लागि व्यापार, व्यवसाय तथा कृषिको लागि सुलभ ऋणको व्यवस्था, पर्यटन गाइड र पर्यटक भरिया सम्बन्धि तालिम, उत्कृष्ट समाजसेवी पुरुस्कार प्रदान गरिने जस्ता योजनाहरु ताङतिङ मितेरी संघ यूकेले सोचीरहेको कुरा प्रष्ट पार्नुभएको थियो । सबै गाउँलेको माया, अशिर्वाद र यहाँको दैवी शक्ति पैगु स्योल्दों, नौचु फिचुको अशिर्वादले आफू त्यो पदसम्म पुग्न सफल भएको र आफू यसै स्वर्गरुपी गाउँको भुमिपुत्र भएकोमा गर्व महशुस गर्दै सबै गाउँले भेट्ने मौका मिलेको र आउँदा दिनहरुमा पनि फेरि समय अनुकुल मिलाएर भेट्ने वाचा गर्दै विदा हुनुभयो । कार्यक्रममा काउन्सिलर लक्ष्य गुरुङले गाउँलेलाई कोसेली स्वरुप कार्यक्रममा उपस्थित प्रत्येक घरका सदस्यलाई एक प्याक मास्क र सेनिटजर साथै ताङतिङ युवा क्लवलाई खेलकुद सामाग्री र नामार्जुङ स्वास्थ्य चौकीलाई केही स्वास्थ्य सामाग्री बितरण गर्नुभयो ।
मादी गाउँपालिका वडा नं.-२ का वडाध्यक्ष एकजंग गुरुङको सभापतित्वमा ताङतिङ मितेरी संघ यु.के.को ट्रष्टी तथा लण्डन बार्नेट नगरपालिकाका निवर्तमान उपमेयर तथा ताङतिङ समाज यु. के. का अध्यक्ष साथै यहि गाउँका भुमी पुत्र यस कार्यक्रमका प्रमुख अतिथि लक्ष्य बहादुर गुरुङ रहनुभएको थियो । विशिष्ट अतिथिहरु ताङतिङ कल्याणकारी कोषका अध्यक्ष तथा समाजसेवी मेजर बालासिङ गुरुङ, भु. पु. प्रधानपञ्च तथा समाजसेवी देविजंग गुरुङ साथै अतिथिहरु समासेवी तथा ताङतिङ युवा क्लवका भु.पु. अध्यक्ष डिल्लीजंग गुरुङ, ताङतिङ युवा क्लवका निवर्तमान अध्यक्ष तथा युवा नेता भोज बहादुर गुरुङ साथै अतिथी शिक्षिका हिरादेवी गुरुङ लगायतले विगतको ताङतिङ र मितेरी सम्बन्ध पछिको बिकाशोन्मुख वर्तमानको ताङतिङ गाउँमा भएका धेरै परिवर्तन साथै विकास, सहयोग, खुशीको अनुभुत सँगै दुई संघ बिचको भावी योजना, प्रस्तावना र कार्यन्वनकोवारेमा आ-आफ्नो धारणामा खुलेर प्रशंसा गर्नुभएको थियो । कार्यक्रमको उत्तरार्द्धमा सभापति एकजंग गुरुङले प्रमुख अतिथी लक्ष्य बहादुर गुरुङको वारेमा खुलेरै प्रशंसा सहित उहाँको आफ्नो गाउँप्रतिको माया, निरन्तर आर्थिक तथा भौतिक सहयोगको लागि धन्यवाद दिनु हुदै कार्यक्रम समापन गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य ताङतिङ मितेरी संघ ताङतिङ कास्कीका निवर्तमान अध्यक्ष, वरिष्ट समाजसेवी, श्री हिमालय मा.वि. ताङतिङका प्रध्यानाध्यापक ओम प्रकाश गुरुङले राख्नु भएको थियो भने कार्यक्रम उदघोषक ताङतिङ युवा क्लवका भु.पु. सचिव तथा नृत्य निर्देशक, कलाकार थमन गुरुङ रहनुभएको थियो ।