लिज ट्रस बेलायती इतिहासमै विदेशमन्त्री बन्ने दोस्रो महिला

लन्डन । काबुल घटनामा बिदा बसेको भन्दै आलोचित बेलायती विदेशमन्त्री डोमिनिक राब पदबाट हट्नुपरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आज गरेको मन्त्रिपरिषद् पुनर्गठनमा राबलाई उपप्रधानमन्त्रीसहित कानूनमन्त्री बनाइएको छ । राबको ठाउँमा बेलायती विदेशमन्त्रीको जिम्मा अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिस ट्रसलाई बनाइएको छ । ट्रस बेलायती इतिहासमै विदेशमन्त्री बन्ने दोस्रो महिला बनेकी छिन् ।

तालिबानले काबुल कब्जामा लिने प्रकरणमा बिदा बसेर बेलायती विदेश नीतिलाई असफल तुल्याएको आरोप राबमाथि लागेको छ । साथै, बेलायती सेनाले काबुलबाट नागरिकको उद्दार गर्नपनि अमेरिकाको सहयोग लिनुपरेको थियो । नवनियुक्त विदेशमन्त्री ट्रसले ब्रेक्जिटपछि केही मुलुकसँग राम्रो व्यापार सम्झौता गरेको भन्दै उनको प्रशंसा हुने गरेको छ । मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्रीले शिक्षामन्त्रीलाई पनि हटाएका छन् ।

प्रधानमन्त्री जोन्सनले माइकल गोभलाई हाउजिङ मन्त्री, नदिन डोरिसलाई कल्चरल मन्त्री, नदिन जहावीलाई कोभिड भ्याक्सिन मन्त्री नियुक्त गरेको छ भने गाभिन विलियामसोन, रोबर्ट बकल्याण्ड र रोबर्ट जेनरिकलाई मन्त्रीबाट हटाइएको छ ।