आइफोन १३ चार मोडलमा सार्वजनिक, यस्ता छन् मूल्य र बिशेषताहरु

सीएनएन । एप्पलको बहुप्रतिक्षित उत्पादन आइफोन १३ चार मोडलमा सार्वजनिक भएका छन्। आइफोनसँगै मंगलबार राति क्यालिफोर्नियाको अनलाईन इभेन्टमार्फत् एप्पलले अन्य दुई उत्पादन नयाँ आईप्याड र एप्पल वाच सार्वजनिक गरेको छ ।

नयाँ स्मार्टफोनहरु आईफोन १३ मिनी, आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स हुन् । यसपटक पहिलेभन्दा आइफोनमा राम्रो क्यामेरा, लामो समयसम्म टिक्ने ब्याट्रि र राम्रो प्रोसेसरको सुविधा दिइएको छ ।

आइफोन १३ प्रो र १३ प्रो म्याक्सका फिचर

आइफोन १३ प्रोको डिस्प्ले ६.१ इन्चको छ भने १३ प्रो म्याक्सको डिस्प्ले ६.७ इन्चको छ। यी दुवै फोनमा ए१५ बायोनिक चिप राखिएको छ । एप्पलका अनुसार यो चिपका कारण आइफोन १३ को सीपीयू हालसम्मकै तिव्र गतिको छ ।

यसमा भएको फाइभ–को सीपीयू सुविधाले ग्राफिक्स पहिलेभन्दा ५० प्रतिशत तिव्र हुनेछ । गेमरहरुको लागि यो दुवै फोन उत्कृष्ट हो । ब्राइट सुपर रेटिना एकडीआर डिस्प्ले भएपछि यसमा फोटो र भिडिओ क्वालिटी निकै राम्रो हुनेछ। यसमा पहिलेकैजस्तो फोन स्टोरेजदेखि १ टेराबाइटसम्म भएको फोन पाउन सकिनेछ ।

यी दुवै फोनको मूल्य ९९९ देखि एक हजार ९९ डलरसम्म पर्नेछ । १ टेराबाइट स्टोरेज फोनको मूल्य भने १९ सय ९९ अमेरिकी डलर पर्नेछ। यी फोनहरु ग्राफाइट, गोल्ड, सिल्भर र रियर ब्लुगरी चार रङमा पाइनेछ ।

यी दुवै फोन सेप्टेम्बर २४ देखि बजारमा उपलब्ध हुनेछन्। प्रोका दुवै फोनमा ३ क्यामेरा हुनेछन् ।

आइफोन १३ आइफोन मिनीबारे जानकारी

आइफोन १३ ६.१ इन्चको हुनेछ भने आइफोन १३ मिनी ५.४ इन्चको हुनेछ। यी दुवैमा प्रो मोडलको जस्तै ए१५ बायोनिक चिप प्रयोग हुनेछ। यसवा दुईवटा क्यामेरा प्रणाली छ। यो फोनहरु आइफोन १२ भन्दा टिकाउ छन् ।

एकपटक चार्ज गर्दा आइफोन १२ भन्दा आइफोन १३ साढे २ घण्टा बढी टिक्छ भने मिनी १३ साढे १ घण्टा बढी टिक्छ । १२८ जीबीको आइफोन १३ मिनीको मूल्य ६९९ अमेरिकी डलरपर्छ भने सोही स्टोरेजको आइफोन १३ को मूल्य ७९९ अमेरिकी डलर पर्दछ। स्टोरेजअनुसार मूल्य बढ्नेछ ।

यी दुई मोडलको फोन पिंक, ब्यु, ब्ल्याक, ह्वाइट र रेड गरी पाँच रङमा पाइनेछ ।