उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परिक्षण

एजेन्सी । उत्तर कोरियाले लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको छ । सरकारी मिडिया केसीएनले शनिबार र आइतबार दुई वटा क्रुज मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । यसले एक हजार पाँच सय मिटर टाढासम्म आक्रमण गर्न सक्छ ।

उत्तर कोरियाले यसअघि गत जनवरीमा क्रुज मिसाइल परीक्षण गरेको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दै थिए । अहिले जापानको राजधानी टोकियोमा अमेरिका, जापान र दक्षिण कोरियाबीच उत्तर कोरियाको विषयमा छलफल गर्न गइरहेको बेला मिसाइल परीक्षण गरिएको छ ।

ब्यालेस्टिक मिसाइल र परमाणु कार्यक्रमका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्दै आएको छ ।