डेब्यु खेलमा रोनाल्डो चम्कदाँ म्यान्चेस्टर युनाइटेडको शानदार जित

ओल्ड ट्राफोर्ड, म्यान्चेस्टर । डेब्यु खेलमा क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलको मद्दतमा म्यान्चेस्टर युनाईटेडले जित हासिल गरेको छ । ओल्ड ट्राफोर्डमा शनिबार राति सम्पन्न ईङ्गलिश प्रिमियर लिगको खेलमा म्यान युले न्युकासल युनाईटेडमाथि ४-१ गोल अन्तरको जित निकालेको हो ।

म्यान युको जितमा १२ वर्षपछि म्यान यु फर्किएका रोनाल्डोले दुई गोल गर्दा ब्रुनो फर्नान्डेज र जेसि लिङ्गार्डले एक एक गोल गरे । न्युकासलको लागि जाभियर मान्किलाले एक गोल फर्काए । पहिलो हाफको ईन्ज्युरी समयको दोश्रो मिनटमा रोनाल्डोले गोल गर्दै म्यान युलाई १–० गोल अन्तरको अग्रता दिलाएका थिए ।

मेसन ग्रिनवुडले गरेको लो सट प्रहार न्युकासलका गोलकिपर फ्रेडी वुडम्यानबाट रिबाउण्ड हुँदा रोनाल्डोले वान टचमा गोल गर्दै आफ्नो पुनरागमनाई शानदार रुपमा दिएका थिए । यसपछि खेलको ५६औं मिनटमा सेन्ट म्याक्सिमिनको पासमा मान्किलोले गोल गर्दै न्युकासललाई खेलमा बराबरी गोल दिलाएका थिए । तर खेलको ६१औं मिनटमा ल्युक श को थ्रु पासलाई सदुपयोग गर्दै रोनाल्डोले सुन्दर गोल गर्दै म्यान यु लाई खेलमा पुन दोश्रोपटक अग्रता दिलाएका थिए ।

खेलको ८० औं मिनटमा पोल पोग्बाको पासलाई फर्नान्डेजले १८ यार्डको बक्सभन्दा बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत हुँदा म्यान युले खेलमा ३–१ गोल अन्तरकोअग्रता दिलाए । निर्धारित समयको सक्किएपछिको ईन्ज्यरी समयमा जेसि लिङ्गार्डले अर्काे एक गो थप्दै म्यान युलाई ४–१ गोल अन्तरको जित दिलाए । म्यान युका प्रशिक्षक ओले गन्नर सोल्साएरले रोनालडोलाई अग्रपंक्तिको जिम्मेवारी सुम्पिदै शुरुवाती ११ मा स्थान दिएका थिए । रोनाल्डोले पुरै समयको खेलमा बलियो उपस्थिती देखाएका थिए ।

जितसँगै म्यान यु ४ खेलमा १० अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ । हार ब्यवहोरेको न्युकासल भने १ अंकका साथ पुछारबाट दोश्रोमा छ ।

MANCHESTER, ENGLAND – SEPTEMBER 11: Cristiano Ronaldo of Manchester United reacts as he holds the match ball during the Premier League match between Manchester United and Newcastle United at Old Trafford on September 11, 2021 in Manchester, England. (Photo by Laurence Griffiths/Getty Images)