१८ बर्षे इमाले ४४ बर्षपछि बेलायतका लागि यूएस ओपनको उपाधि

एजेन्सी । बेलायती किशोरी इमा राडुकानुले नयाँ इतिहास बनाएकी छिन । १८ बर्षे इमाले ४४ बर्षपछि बेलायतका लागि यूएस ओपनको उपाधि जित्दै नयाँ इतिहास बनाएकी छिन । इमाले बेलायतका लागि सन् १९७७ पछि यूएस ओपनको उपाधि जितेकी हुन । ४४ बर्ष अगाडी भर्जिनिया वाडेले यूएस ओपनको उपाधि जितेपछि कुनैपनि बेलायती महिला खेलाडीले यो प्रतियोगिताको उपाधि जित्न सकेका थिएनन् ।

Image- US Open Tennis

न्युयोर्कमा भएको २४ हजार दर्शकमाझ भएको खेलमा इमाले क्यानेडीय किशोर खेलाडी लेलाह फर्नान्डेजलाई दुई शुन्यको सोझो सेटमा हराइन । क्वालिफायर चरण पार गरेर फाइनलमा पुगेकी उनले फर्नान्डेजलाई दुई शुन्यको सोझो सेटमा हराइन ।

हाल बेलायती नम्वर एक खेलाडी बनेकी इमाले फर्नान्डेजलाई छ चार र छ तीनको सोझो सेटमा हराइन । मानसिक र शारिरिक रुपमा पनि फर्नान्डेज भन्दा बलियो देखिएकी इमाले पहिलो सेट छ चारले जितिन भने दोस्रो सेटमा छ तीनले आफ्नो पक्षमा पारिन । विम्बल्डनबाट ग्राण्डस्लाम खेल्न सुरु गरेकी इमाले करियरको दोस्रो ग्राण्डस्लाम खेल्दा पहिलो उपाधि जितिन । यसका साथै उनी महिला टेनिसको इतिहासमा छनौट चरण पार गरेर ग्राण्डस्लामको उपाधि जित्ने पहिलो महिला खेलाडी बेनकी छिन ।

यसका साथै यूएस ओपनको यो संस्करणको फाइनलमा दुबै खेलाडी बरियता विहिन पुगेका थिए । सन् १९९९ मा सेरेना विलियम्स र मार्टिना हंगिस पछि पहिलो पटक टिनेजर खेलाडीले फाइनल खेलेको पहिलो पटक हो ।

पहिलो सेटमा सात वटा अनफोर्स इरर्स गरेकी फर्नान्डेसलाई इमाले सहजै पराजित गरिन । पहिलो सेटमा सुरुवाती दुई पोइन्ट जितेकी फर्नान्डेजलाई रोक्ने प्रयास गर्दा एक समय तीन दुईले इमा पछाडी रहेकी थिइन । तर चार चार पोइन्टको बराबरीमा रहेका बेला इमाले उत्कृष्ट रुपमा सेट छ चारले जितिन ।

Image- US Open Tennis

विम्बल्डनमापछि क्वालिफायर्स खेलेर चौथो चरणमा पुग्दा उनको बरियता तीन उय ३८ रहेको थियो । यूएस ओपनमा पनि क्वालिफायर्स खेलेर आएकी इमाले पुरै प्रतियोगितामा एक सेटपनि हारिनन् । यो पनि उनको अर्को कीर्तिमान हो । यूएस ओपनमा महिलामा छनोट चरणदेखि फाइनल जित्दासम्म एक सेटपनि नहार्ने उनी एक्लो खेलाडी हुन ।

क्यानडाको टोरन्टोमा जन्मिएकी इमाका बुवा रोमानियन र आमा चिनिया हुन । त्यसैले उनी रोमानियन र चिनीया पुर्खोली भएको बताइदै आएकी छिन । सिमोना हालेप र लि ना लाई आफ्नो आइडल मान्ने इमाका बुवा आमा दुबै फाइनान्स सेक्टरमा काम गर्छन ।

उनी दुई बर्षको हुँदा उनका आमाबुवा बेलायत बसाई सरेका थिए । पाँच बर्षको उमेरबाट टेनि खेल्न सुरु गरेकी इमाले स्कुल स्तरबाट करियर सुरु गरेकी हुन । उनले सन् २०१८ मा मात्र ब्यवसायीक टेनिस खेलाडी बनेकी थिइन । उनले ठूलो प्रतियोगितामा यसै बर्षमात्र डेब्यु गरेकी थिइन । जसमा उनले दोस्रो ग्राण्डस्लाम खेलेकी हुन । त्यसमा यूएस ओपन च्याम्पियन बनेकी छिन ।

उनले उपाधिसँगै हरेक खेलमा जित निकालेका कारण खेलको बोनसपनि १८ लाख पाउण्ड पाउने भएकी छिन । त्यसमा उनले पुरस्कार रकम २५ लाख डलर पाउनेछिन ।