फिफाद्वारा इंग्ल्याण्डका खेलाडीमाथि भएको रंगभेदी सम्बन्धमा अनुसन्धान

एजेन्सी । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले इंग्ल्याण्डका खेलाडीमाथि भएको रंगभेदी व्यवहारको छानबिनका सुरु गरेका छ । बिहीबार राति भएको विश्वकप छनौट अन्तर्गत इंग्ल्याण्डले हंगेरीलाई ४–० ले पराजित गरेको थियो । सो खेलमा इंग्ल्याण्डका रहीम स्ट्रर्लिङ्ग र जुड बेलिङ्घमलाई निशाना बनाएर रंगभेदी टिप्पणी भएको आरोप छ ।

फिफाले त्यस सम्बन्धमा अनुशासन सम्बन्धी अनुसन्धान सुरु गरेको जनाएको हो । हंगेरीका घरेलु दर्शकहरुले दोस्रो हाफमा इंग्ल्याण्डका खेलाडीलाई लक्षित गरि मैदानमा विभिन्न बस्तु फ्याँकेका थिए ।

यस्तै जल्दै गरेको पाटाका जस्तो बस्तु पनि फालिएको थियो । इंग्ल्याण्डले खेलाडीमाथि भएको रंगभेदी टिप्पणी जस्तो दुर्व्यहार कुनै पनि हालमा स्वीकार्य नहुने भन्दै घटनाको निन्दा गरेको छ ।