मन्त्रालय भागबण्डा लगाउन बालुवाटारमा पाँच दलको बैठक
काठमाण्डौ । मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ। बैठकमा मन्त्रालयको भागबण्डाका विषयमा छलफल जारी रहेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, आजको बैठकबाट मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा टुंगो लाग्नेछ। सोमबार बसेको बैठकमा छिटै मन्त्रिपरिषद विस्तार गर्ने सहमति बनेको थियो। त्यसका लागि आज मन्त्रालयको भागबण्डा लगायतका विषयमा टुंगो लगाउने तय गरिएको थियो।
बैठकमा प्रधामन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्। त्यस्तै, पाँचै दलका दोस्रो तहका नेता पनि सहभागी छन्।
पाँच दलीय गठबन्धनको सरकार गठन भएको डेढ महीना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार भएको छैन। गठबन्धनभित्र मन्त्री छनोट गर्न सकस भएको छ ।