एकीकृत समाजवादीको अन्तरिम स्थायी समिति गठन तथा सन्सदीय नेता चुन्ने
काठमाडौं । एमालेबाट हालै विभाजित नेकपा एकीकृत समाजवादीले अन्तरिम स्थायी समिति गठन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमोश हमाल अन्तरिम स्थायी समितिमा छन् । नेपाल, खनाल, न्यौपाने एमालेकै स्थायी समितिमा थिए ।
एकीकृत समाजवादीले राष्ट्रिय भेला गरेर पोलिटब्युरो र स्थायी कमिटी चयन गर्नेछ। शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको केन्द्रीय सदस्य मेटमणि चौधरी जानकारी दिए। उनले चाडै पार्टी सरकारमा जाने बताए । एकीकृत समाजावादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने सहमति समेत भइएको बताईको छ । मन्त्रालयको बाँडफाँट टुंगिएपछि सरकारमा जाने छ । माधव नेपालकै कारण सरकारको विस्तार रोकिँदै आएको थियो । सरकार गठन भएको डेढ महिना भइसक्दा पनि नेपाललाई नै पर्खिएर सत्तारुढ गठबन्धन बसेको थियो । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पाटी र माधव नेपाल रहेका थिए ।
आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागेका माधव नेपालकै कारण देउवा प्रधानमन्त्रीको कुर्सीमा बस्न सफल भएका थिए। एकीकृत समाजवादीका केन्द्रीय सदस्य चौधरीले मन्त्रालयको टुंगो भने लागि नसकेको बताए । सरकार जाने निर्णय भइसकेको छ, अब मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुन्छौं, उनले भने । गत बिहीबार एकीकृत समाजवादी दर्ता भएको हो। ५५ केन्द्रीय सदस्य र ३० सांसद एमालेबाट छुटिएर यो पार्टी निर्माण गरेका हुन् ।
त्यस्तै पार्टीले संसदीय दलको नेता चुन्न आज संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ बजे एक होटलमा बोलाइएको दलको बैठकले दलको नेता चुन्नेछ । पार्टीका सांसद मेटमणि चौधरीले दलको नेता चुन्न दलको बैठक बिहान ११ बजे बोलाइएको जानकारी दिए । ‘बिहान ११ बजे दलको बैठक आह्वान भएको छ । बैठकले दलको नेता चुन्ने एजेण्डा छ,’ सांसद चौधरीले इकागजसँग भने ।
बैठकमा दलका पदाधिकारी चुन्ने विषयमा पनि छलफल हुनेछ । पार्टीे नौ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो । दलकाे नेता पार्टी अध्यक्ष नेपाल हुने पक्कापक्की जस्तै छ । उनीबाहेक अरु कसैको दाबी दलकाे नेतामा नरहेको सांसद चौधरीले बताए ।